अपारदर्शी तरिकाले संस्था छनौट गरिएको भन्दै अख्तियारमा उजुरी
पुस २५ बुधवार, २०७५
खोटाङ । क्रिस्चियन एड (केड) नेपाल जावलाखेलले अपारदर्शी तरिकाले खोटाङमा साझेदार संस्था छनौट गरेको खुलेको छ । खोटाङमा सञ्चालनको तयारी गरिएको ‘रिसाइलेन्ट लाइभ्लीउड एण्ड मार्केट लिंकेज वीथ इन्टग्रेटेड अप्रोच अफ जेसी, डिजास्टर रिस्क रिडक्सन एण्ड क्लाइमेट चेञ्ज’ कार्यक्रमका लागि विधि र प्रकृया मिचेर साझेदार संस्था छनौट गरेको खुलेको हो ।
क्रिस्चियन एडले नियतवस र अपारदर्शी तरिकाले बालसेवा समाज नेपाललाई साझेदार संस्था छानेको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीमा उजुरी परेको छ । क्रिस्चियन एडको सूचनामा प्रस्तावना–पत्र पेश गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म तोकिएको भएपनि सोभन्दा पछाडि संस्था नवीकरण गरेको, सो म्यादभन्दा पछि राजस्व चुक्ता गरेको बालसेवालाई छनौट गरिएको भन्दै जनसेवा समाज नेपालका अध्यक्ष दानवहादुर राई र नवकिरण सेवा समाजका अध्यक्ष दिपवहादुर राईले अख्तियारमा उजुरी दिएका हुन् ।
प्रस्ताव पेश गर्ने अन्तिम म्याद सकिएको २० दिनपछि बालसेवा समाजले असोज २५ गते आन्तरिक राजस्व कार्यालय लाहानबाट संस्था नविकरण गर्न बाधा छैन भन्ने व्यहोराको पत्र लिएको, असोज २६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बालसेवाको नविकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस पत्र दिएको, सोही दिन प्रशासनमा संस्था नविकरण गरेको संस्थालाई साझेदार छानिएको अख्तियारलाई दिइएको उजुरीमा उल्लेख छ । संस्था छनौट गर्नेक्रममा अपनाइएका विधि र प्रकृया अपारदर्शी, अवैधानिक र शंकास्पद देखिएकाले प्रचलित कानून अनुसार आवश्यक छानबीन तथा थप कारबाही प्रकृयाका लागि उजुरी दिएको जनसेवा समाजका अध्यक्ष दानबहादुर राईले बताए ।
तोकिएको म्यादभित्र कन्सेप्ट नोट्स एण्ड एक्सप्रेसन अफ इन्टेरेष्टका लागि आवश्यक पूर्ण कागजात नबुझाएका संस्थालाई अपारदर्शी र अवैधानिक तरिकाले छानिएको भन्दै असन्तुष्ट जनसेवा समाज र नवकिरण सेवा समाजले गत मंसिर १४ गते पनि क्रिस्चियन एड समक्ष संस्था छनौट प्रकृयाप्रति गम्भीर ध्यानाकर्षण र असहमती दर्ज गरिसकेका छन् । संस्था छनौट प्रकृयाका बिषयमा सूचना माग गरेको करिब ४० दिनपछि क्रिस्चियन एडले पुस २३ गते प्रलोभनमा पार्ने र गैरजिम्मेवार तरिकाले जवाफ दिएको उनीहरुको भनाई छ ।
समय तालिका अनुसार संस्था छनौट गरेको बारेमा जानकारी नदिएको, कार्यसञ्चालन शर्त (टिओआर) माग गर्दा स्ट्राटेजिक पार्टनरसीप एण्ड टर्म अफ रिफेरेन्स पठाएर अर्को टिओआर पठाउन बाध्य पारिएको नवकिरण सेवा समाजका अध्यक्ष दिपबहादुर राईले बताए । निर्धारित समयमा प्रस्तावना–पत्र पेश गरेपनि इमेल प्राप्त नभएको भन्दै पन्छाउने काम भएको जनसेवा र नवकिरण सेवा समाजले जनाएको छ ।
बाल सेवाले पुस १६ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सञ्चालन सुरु गरिएको जानकारी दिएको थियो । १ डिसेम्बर २०१८ देखि ३० मार्च २०२१ सम्म सञ्चालन हुने कार्यक्रमका लागि क्रिस्चियन एडको १ करोड ४७ लाख ५९ हजार ९९७ रुपैयाँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५ लाख खर्च हुने बाल सेवाका परियोजनाका व्यवस्थापक युवराज रिजालले जानकारी गराएका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



