वर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकीको भवन शिलान्यास
पुस २५ बुधवार, २०७५
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माणको काम अघि बढेको छ । अमेरिकी संस्था डि टु एन फाउण्डेसनको आर्थिक सहयोगमा निर्माण सुरु गरिएको स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन बुधबार प्रदेशसभा सदस्य राजन राई र केपीलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले शिलान्यास गरेका हुन् ।
आगामी बैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माणको काम अघि बढाइएको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ । डि टु एन फाउण्डेसनको ५८ लाख र स्थानीयको २० प्रतिशत श्रमदानबाट बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकीको भवन निर्माणको काम पूरा गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण राईले बताए ।
फलामे ट्रष्ट जोडेर निर्माण गरिने स्वास्थ्यचौकीको आठ कोठे भवनको छाना जस्ताको हुने छ । भवनसँगै दुई वटा शौचावलय निर्माण हुने जानकारी दिइएको छ । नवज्योति युवा समाजको प्रस्ताव र साझेदारीमा स्वास्थ्य चौकीको भवन निर्माणको काम अघि बढाइएको डि टु एन फाउण्डेसनका खोटाङ संयोजक जीवन गिरीले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



