ऐसेलुखर्क गाउँपालिकाका पाँच वटा माविमा सोलार जडान

पुस २५ बुधवार, २०७५
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका पाँच वटा माविमा सोलार जडान गरिएको छ । गाउँपालिकाको पहल तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको अनुदान सहयोगमा पालिकाभित्रका पाँच वटा माविमा दुई÷दुई किलोवाट क्षमताको सोलार जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।
गाउँपालिका प्रमुख निरौलाका अनुसार माक्पा मावि माक्पा, त्रिभुवन मावि ऐसेलुखर्क, शान्तोदय मावि ज्यामिरे, कालिका वालविकास मावि राखाबाङदेल र कालिका मावि वाकाचोलमा एउटै क्षमताको सोलार जडान कार्य सम्पन्न भएको हो ।

शिशु मावि महेश्वरी र सिम्ले मावि जलेश्वरीमा यस अघि नै जडान गरी सकिएको छ भने बाँकी रहेको जालपा मावि बादेलमा पनि चाडै जडान गरिने गाउँपालिका प्रमुख निरौलाले बताए ।