दिप्सुङमा गाउँपालिका स्तरीय भलिबल प्रतियोगीता सुरु
गाउँपालिका स्तरिय भलिबल प्रतियोगीता उद्घाटनकाक्रममा बोल्दै प्रदेशसभा सांसद राजन राई ।
पुस २६ बिहिवार, २०७५
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–६ दिप्सुङमा गाउँपालिका स्तरीय भलिवल प्रतियोगीता सुरु भएको छ । गाउँघरमा सबैभन्दा बढि खेलिने भलिबल खेलको प्रवद्र्धनका लागि वडा कार्यालय दिप्सुङको आयोजनामा बिहिबारदेखि तीन दिने भलिबल प्रतियोगीता सुरु भएको हो । भलिबल प्रतियोगीता प्रदेश सभा सांसद राजन राईले उद्घाटन गरेका हुन् ।
प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः ४० हजार, २५ हजार र १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
गाउँपालिका स्तरिय भलिबल प्रतियोगीतामा गाउँपालिकाका १० टिमको सहभागीता रहेको छ ।
खेलकुद उद्घाटन कार्यक्रममा केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राई, उपप्रमुख हिरादेवी बन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माईतीराज राई लगायतको उपस्थिति रहेको थियो । भलिबल प्रतियोगीतासँगै लोकदोहोरी र एकल नृत्य प्रतियोगीता समेत सुरु गरिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



