खोटाङमा दुई दिन विद्युत अवरुद्ध हुने
पुस २६ बिहिवार, २०७५
खोटाङ । खोटाङमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । उदयपुरको जलजलेबाट बुइपाको सव स्टेशनसम्म आएको ३३ केभी प्रशारण लाइन मर्मत संम्भार गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङले जनाएको छ ।
३३ केभी प्रसारण लाइन अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे रुटमा पर्ने दुई वटा पोल फेर्नुपर्ने भएकाले शुक्रबार र शनिवार जिल्लामा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश यादवले जानकारी दिए । यादवका अनुसार दुईदिन विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।
जलजलेबाट वुइपा सवस्टेशनसम्म अत्याधिक लामो दुरी भएको र विद्युतको रुट जंगलमा परेकाले बाङ्गा टिङगा रुखले भेट्ने, बर्षातका समयमा पहिरोले तान्ने संभावना भएका पोलहरु प्राधिकरणले फेर्ने र स्थान्तरण गरिरहेको जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



