दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ई–हाजिरी सुरु
पुस २८ शनिवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ई–हाजिरी सुरु गरेको छ । कर्मचारीको उपस्थितिलाई नियमित र व्यवस्थित गर्नका लागि गाउँपालिकाले मंगलवारदेखि ई–हाजिरी सुरु गरेको हो । कार्यालयीय सेवालाई थप चुस्त बनाउनका लागि ई–हाजिरी सुरु गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।
स्थानीय तह कार्यान्वनमा आएको झण्डै डेढ वर्षपछि गाउँपालिकाले ई–हाजिरी कार्यान्वयनमा ल्याएको हो ।
प्रविधिको प्रयोग मार्फत कर्मचारीलाई सेवाप्रति थप जिम्मेवारी बनाउने लक्ष्यकासाथ ई–हाजिरीको सुरु गरिएको हो । यसअघिसम्म हाजिरी रजिष्टरमा कलमले हस्ताक्षर गरेर उपस्थिति जनाउँदै आएका कर्मचारीले ई–हाजिरीमार्फत उपस्थिति जनाउन थालेका छन् । समयमा कार्यालय नआउने, समय अगावै घर फर्कने र अनुपस्थित भएका दिनको हाजिर गर्ने कर्मचारीलाई जवाफदेही बनाउन जिल्लाका विभिन्न गाउँपालिकाले ई–हाजिरी सुरु गरिसकेका छन् ।
कार्यालयको सुरक्षा र निगरानीका लागि गाउँपालिकाले पालिकामा सिसि क्यामेरा समेत जडान गरेको छ । कार्यालय व्यवस्थापनकाक्रममा ५ वटा सिसि क्यामेरा जडान गरिएको हो । यस्तै, कार्यालयमा डिजिटल डिस्प्ले राखिएको गाउँपालिका प्रमुख राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



