प्रगतिशिल लेखक संघ नेपाल खोटाङको अध्यक्षमा सुवेदी चयन
पुस २८ शनिवार, २०७५
खोटाङ । प्रगतिशिल लेखक संघ नेपाल खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी चयन भएका छन् । शनिवार जिल्ला समन्वय समितिको सभाहलमा भएको तेश्रो जिल्ला अधिबेसनबाट सुवेदी प्रगतिशिल लेखक संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । १७ सदस्यीय प्रगतीशिल लेखक संघको उपाध्यक्षमा मिनकुमार दाहाल, सचिवमा लोकेन्द्र राई, सहसचिवमा सिता थुलुङ र कोषाध्यक्षमा क्रान्ति श्रेष्ठ चयन भएका छन् ।
प्रगतिशिल लेखक संघको अधिवेसनको अवशरमा कविता प्रतियोगीता समेत सञ्चालन गरिएको थियो । प्रतियोगीतामा सिर्जन अधिकारी प्रथम, अनिश घिमिरे दोश्रो, रिमा राई तेश्रो र मौसम आचार्य सान्त्वना भएका छन् ।
कविता प्रतियोगीतामा १७ कवि/कवयित्रीको सहभागीता रहेको थियो । कार्यक्रममा बेदीकुमार राई, एमसी सुमित, ओमप्रकाश घिमिरे, इन्द्र नारथुंगे लगायतले कविता वाचन गरेर सुनाएका थिए । कार्यक्रममा पूर्वसभाषद दुर्गाजयन्ती राई, नगरप्रमुख दिपनारायण रिजाल, नेकपा नेता धिरेन बुढाथोकी, लगायतको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



