घुम्ती शिविरमा स्तन क्यान्सरका आठ विरामी
पुस २८ शनिवार, २०७५
खोटाङ । खोटाङको ऐसेलुखर्कमा आयोजित निःशुल्क स्वास्थ्य घुम्ती शिविरमा स्तन क्यान्सरका आठ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालय उपचारात्मक महाशाखाको आयोजनामा शनिवार ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबजारमा गरिएको शिविरमा ८ महिनाको स्तनमा क्यान्सरको लक्षण देखिएको हो । स्वास्थ्य शिबिरमा भिडियो एक्सरे तथा स्तन क्यान्सर सम्बन्धी समस्याको समेत चेकजाँचकाक्रममा स्तन क्यान्सरको सम्भावना भएका महिला भेटिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए छन् ।
एक दिने स्वास्थ्य शिविरबाट स्त्री रोग, दाँत, आँखा, जनरल अन्तरगत हाडजोर्नी, नशा, बाथ, दम, बाल रोग, छालाजन्य सम्बन्धी समस्या भएका ५०९ जना बिरामीले बिशेषज्ञ स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् । स्वास्थ्य समस्या भए पनि सुविधा सम्पन्न अस्पतालमा पुगेर उपचार गर्नबाट बञ्चित सर्वसाधारणलाई लक्षित गर्दै मन्त्रालयले सोसाईटी फर इमरजेन्सी केयर एण्ड सपोर्ट माउण्टेन हार्टसँगको सहकार्यमा जिल्लाका ९ स्थानमा सञ्चालन हुनेगरी बिशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सुरु गरेको हो ।
स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईको नेतृत्वमा आएका बीर अस्पताल, ग्राण्डी अस्पताल र त्रिपुरेश्वर आँखा अस्पतालका ९ जना विशेषज्ञ डाक्टर, स्वास्थ्य प्राविधिक विशेषज्ञको टोली स्वास्थ्य शिबिरमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



