हलेसी साईनो स्टारको पालिका स्तरिय अडिसनबाट ११८ प्रतियोगी छानिए
पुस २८ शनिवार, २०७५
खोटाङ । खोटाङमा जारी हलेसी साईनो स्टार–२०७५ का लागि ११८ जना प्रतियोगी छानिएका छन् । जिल्लाका दश वटै स्थानीय तहका विभिन्न स्थानमा सञ्चालन गरिएको हलेसी साईनो स्टारको पालिका स्तरिय प्रथम अडिसनबाट ११८ प्रतियोगी छानिएको आयोजक साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । गत पुस ९ गतेदेखि साकेला गाउँपालिकाबाट सुरु गरिएको हलेसी साईनो स्टारको पालिका स्तरिय प्रथम अडिसन शनिवार दिक्तेलमा आएर टुंगिएको छ ।
गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संवद्र्धन गर्दै गीत संगीतको व्यवसायिक विकासका लागि साईनो कला केन्द्र र हलेसी टाइम्स दैनिकको सहकार्यमा सुरु गरिएको हलेसी साईनो स्टारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबाट २४ जना, बुईपाबाट १३ जना गायनका प्रतियोगी छानिएका छन् ।
यस्तै, साकेला गाउँपालिकाबाट १० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट ८ जना, खोटेहाङ गाउँपालिकाबाट ९ जना, बराहपोखरी गाउँपालिकाबाट १२ जना, जन्तेढुंगा गाउँपालिकाबाट ७ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ११ जना, रावाबेँसी गाउँपालिकाबाट ५ जना, ऐसेलुखर्क गाउँपालिकाबाट १३ जना र केपीलासगढी गाउँपालिकाबाट ६ जना प्रतियोगी छानिएका साईनो कला केन्द्रका अध्यक्ष श्रेष्ठले बताए ।
जिल्लाका ११ स्थानमा सञ्चालन गरिएका पालिकास्तरिय प्रथम अडिसनबाट छानिएका प्रतियोगीलाई जिल्ला अडिसनमा प्रतिष्पर्धा गराउँदै हलेसी साईनो स्टारको टुंगो लगाइने छ । जिल्ला स्तरिय दोश्रो अडिसन आगामी माघ ९ गतेदेखि सुरु हुने जनाइएको छ । प्रथम अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ७ चरणमा सञ्चालन हुने जिल्ला स्तरिय अडिसनमा प्रतिष्पर्धा गराएर उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाईनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने अध्यक्ष श्रेष्ठले जनाए ।
पालिका र जिल्लास्तर गरी ८ अडिसनमा सम्पन्न हुने गायन प्रतियोगीताको प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।
यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



