बाँदर धपाउन टोली परिचालन

पुस २८ शनिवार, २०७५
खोटाङ । खोटाङका उत्तरी क्षेत्रका स्थानीयले बाँदर धपाउन अभियान सुरु गरेका छन् । बाँदर आतंक नियन्त्रणका लागि केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, केपीलासगढी गाउँपालिका–३ बाँसपानी, केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी लगायतका स्थानीयले बाँदर धपाउने अभियान थालेका हुन् ।

बाँदरले हैरान पारेपछि स्थानीयले प्रतिघर कम्तीमा दुई सय खर्च उठाएर बाँदर धपाउने टोली परिचालन गरेका केपीलासगढी गाउँपालिका–३ बाँसपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । गाउँ वरपरको जंगलमा बस्ने बाँदरलाई कम्तीमा दुधकोसी किनारमा रहेको रावा खोला फेदी पु¥याउने गरी धपाउन थालिएको स्थानीयले बताएका छन् । बाँदर मार्न कानूनी अड्चन भएकाले किसानले धपाउने अभियान चलाएका हुन् ।