सरकारको वर्गीकरणमा खोटाङका पाँच स्थानीय तह अति दुर्गम
पुस २९ आइतवार, २०७५
खोटाङ । सरकारको वर्गीकरणमा खोटाङका पाँच स्थानीय तह अति दुर्गमको सूचीमा परेका छन् । विभिन्न सूचकलाई आधार मानेर सरकारले तयार पारेको प्रशासनिक वर्गीकरणको खाकामा जिल्लाका ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुंगा, बराहपोखरी र साकेला गाउँपालिका ‘क’ वर्ग अर्थात् अति दुर्गममा परेका हुन् ।
यस्तै, दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा खोटेहाङ, दिप्रुङ चुइचुम्मा र रावाबेंसी गाउँपालिका दुर्गम अर्थात् ‘ख’ वर्गमा परेका छन् ।
बजेट तथा अनुदान वितरण, विकासका प्राथमिकता आकलन एवं कर्मचारी सरुवा, अंकभार तथा दुर्गमभत्ताजस्ता प्रशासनिक कार्यका लागि सरकारले स्थानीय तहलाई सुगम र दुर्गम वर्गमा वर्गीकरण गरेको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



