बजारमा सडक मिचेर व्यापारिक सामग्री बिक्री नगर्न इप्रकाको चेतावनी
पुस २९ आइतवार, २०७५
ऐसेलुखर्क । खोटाङको ईलाका प्रशासन कार्यालय ऐसेलुखर्कले व्यक्तिगत प्रयोजनका लागि बजार क्षेत्रको सडक अतिक्रमण नगर्न आग्रह गरेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित ऐसेलुखर्क बजारका स्थानीय व्यवसायीले सडक अतिक्रमण गरेर उपभोग्य सामग्री, लत्ताकपडा, निर्माणका सामग्री बिक्रीमा राख्दा सडक दुर्घट्ना बढेको भन्दै ईलाका प्रशासन कार्यालयले व्यापारिक प्रयोजनका लागि बजार क्षेत्रमा सडक अतिक्रमण नगर्न आग्रह गरेको हो ।
सडकको दायाँ–बायाँ व्यापारका सामग्री राख्दा सडक दुर्घट्ना बढेको, यातायात सेवा सञ्चालनमा अवरोध सिर्जना भएको र पैदलयात्रीलाई आवत–जावत गर्न समेत कठिनाई भएको भन्दै ईलाका प्रशासन कार्यालयले सूचना जारी गर्दै सडकमा भइरहेका अवरोध हटाउन आग्रह गरेको छ ।
सूचनालाई बेवास्ता गर्दै सडक अतिक्रमण गरेर व्यपारिक सामग्री बिक्री गर्नेक्रम जारी रहे कानून अनुसार कारबाही गरिने ईलाका प्रशासन कार्यालयले चेतावनी दिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



