चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा. केसी अस्पताल भर्ना
पुस ३० सोमवार, २०७५
इलाम । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि सोमवार बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । डाक्टर केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।
डा.केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा.केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए । अस्पताल भर्ना गरिएपनि डा. केसीले औषधि भने लिन मानेका छैनन् ।
वार्ता टोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताए । डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा पुस २५ गतेदखि अनसन बसेका हुन । डा.केसीको १६ औँ पटकको अनसनको आज छैटौँ दिन हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



