जनसेवा वचत तथा ऋण सहकारीको वार्षिक कारोबार ४ करोड ४० लाख
माघ १ मंगलवार, २०७५
खोटाङ । खोटाङको जालपाका साक्षरता कक्षामा सहभागी महिलाले सुरु गरेको जनसेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोवार ४ करोड नाघेको छ । वचत गर्ने र आयमुलक काममा लगानी गर्दै जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले स्थानीय जनसेवा समाज नेपालको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीले आर्थिक वर्ष २०७४/०७५ मा ४ करोड ४० लाख २६ हजार २८६ रुपैयाँ वरावरको आर्थिक कारोबार गरेको छ । सोमवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आयोजित २२ औं साधारण सभा तथा १२ औं महाधिवेसनमा सहकारीले वार्षिक ४ करोडभन्दा बढिको कारोवार गर्दै आएको जानकारी दिएको छ ।
हालसम्म निक्षेप २ करोड ९५ लाख ३४ हजार ५३३, कर्जा लगानी ३ करोड ५५ लाख २७ हजार ३४४, जगेडा तथा अन्य कोष ७५ लाख ३४ हजार ८१३, शेयर पुँजी ३० लाख १६ हजार ९०० पुगेको जनसेवा वचत तथा ऋण सहकारी संस्थाकी निमित्त व्यवस्थापक वन्दना राईले वताईन् । पछिल्लो आर्थिक वर्ष साधारण जगेडा, शेयर लाभांश कोष, संरक्षित पुँजी फिर्ता कोष, घाटा पूर्ति कोष, सदस्य शिक्षा कोष, सहकारी संस्था विकास कोष, कर्मचारी बोनस कोष, डुबन्त ऋण कोष र सहकारी प्रवद्र्धन कोषमा बाँडफाँड भएपछि २३ लाख ४१ हजार ७५५ रुपैयाँ खुद नाफा भएको सहकारीले जानकारी दिएको छ । सहकारीको साधारणसभा तथा महाधिबेसन वडाध्यक्ष विकास राईले उद्घाटन गरेका थिए ।
२०४८ सालमा साक्षरता कक्षामा सहभागी बनेको महिलाले जनही २ रुपैयाँका दरले सुरु गरेको बचत समुहलाई २०५३ सालमा औपचारिक रुपमा सहकारी संस्थाको रुपमा दर्ता गरिएको हो । हाल जालपा, खार्मी र हौंचुरका ८९ बचत समुहका १ हजार १६३ शेयर सदस्य रहेको बचत तथा ऋण सहकारीले कृषि, पशुपन्छी पालन, माछा पालन, व्यापार, शिक्षा लगायतका लघु उद्यमका क्षेत्रमा लगानी गर्दै आएको छ । सहकारीको बचत समुहभित्र थप २४० बाल वचत सदस्य समेत आवद्ध छन् ।
सहकारीले हाल नियमित वचत, ऐच्छिक वचत, ऋण परिचालन, आवधिक वचत, स्वास्थ्य कोष लगायत मनीट्रान्सफर सेवा समेत प्रवाह गर्दै आएको छ ।
यसैबीच, जनसेवा बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा तथा महाधिबेसनले ध्रुब श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । ९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षा पार्वती राई, सचिवमा दिलवहादुर राई र कोषाध्यक्षमा अम्विका राई चयन भएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



