वन सम्पदा अतिक्रमणमा समितिको ध्यानाकर्षण
माघ १ मंगलवार, २०७५
खोटाङ । जिल्ला वन समन्वय समिति खोटाङले कानूनी प्रकृया पूरा गरेर मात्र सामुदायिक वन क्षेत्रबाट सडक निर्माण एबं ढुंगा गिटी उत्खनन् गर्ने व्यवस्थाका लागि डिभिजन वन कार्यालयलाई निर्देशन दिएको छ ।
दुई नगरपालिका र आठ वटै गाउँपालिकाका विभिन्न सामुदायिक वनमा जथाभावी डोजर लगाएर सडक विस्तार गर्ने, मनपरी तरिकाले ढुंगा गिटी उत्खनन् गर्नेक्रम वढ्दो रहेको जनगुनासो आएको भन्दै जिल्ला वन समन्वय समितिको सोमबार वसेको वैठकले नियमन र कारवाहीको प्रभावकारी व्यवस्थाका लागि डिभिजन वन कार्यालयलाई निर्देशन दिएको हो ।
कानूनी प्रकृया मिचेर वन क्षेत्रमा डोजर लगाएर सडक विस्तार गर्ने तथा ढुंगा गिटी उत्खनन् गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन भनिएको जिल्ला वन समन्वय समिति एबं जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङले बताए । ‘सामुदायिक वनवाट जथाभावी सडक बनिरहेका छन् । गिटी ढुंगा उत्खनन् भइरहेको गुनासो आइरहेको छ,’ समितिका संयोजक चाम्लिङले भने, ‘पर्यावरणलाई क्षती पु¥याएर कुनैपनि काम गर्न पाईन्न । वातावरणमैत्री विकासका लागि कदम चाल्न डिभिजन वन कार्यालयलाई निर्देशन दिइएको छ ।’
जिल्ला वन समन्वय समितिको बैठकले वनजंगल क्षेत्रको विकास तथा उत्खनन् वातावरणमैत्री बनाउन, कानूनी प्रकृया पूरा गरेर मात्र वनजन्य क्षेत्रमा विकासका काम गर्न, व्यवहारिक कामको नाममा प्राकृतिक श्रोत दोहान वन्द गर्न भनेको छ । वन सम्पदाको संरक्षणका लागि सम्वन्धित स्थानीय सरकारसँग समन्वय गर्न भनिएको चाम्लिङले बताए ।
बैठकमा डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गर्ने पूँजिगत तथा चालु खर्च अन्र्तगतका कार्यक्रम तथा बजेट पनि सार्वजनिक गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



