लाटोकोसेरो तथा हुचील उत्सवको तयारी तीव्र
माघ १ मंगलवार, २०७५
खोटाङ । माघ तेश्रो साता खोटाङको जालपामा हुने आठौं लाटोकोसेरो तथा हुचील उत्सवको तयारी तीव्र पारिएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवशर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो ।
महोत्सव सम्पन्न गर्नका लागि जालपामा लाटोकोसेरो तथा हुचील स्तम्भ निर्माण, उत्सवस्थल पुग्ने सिँढी, मञ्च निर्माण, प्रचार–प्रसारको काम तीव्र पारिएको लाटोकोसेरो तथा हुचील उत्सव आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष विकास राईले बताए । लाटोकोसेरो तथा हुचील स्तम्भलाई रंगरोगन गर्न मात्र बाँकी रहेको छ ।
उत्सवलाई सहभागीपूर्ण बनाउनका लागि हाल विभिन्न विद्यालयसँगको सहकार्यमा विद्यार्थीबाट लाटोकोसेरो तथा हुचील संरक्षण सम्बन्धी चित्रकला, कविता, निवन्ध संकलन, निमन्त्रणा लगायतका काम भइरहेको आयोजकले जनाएको छ । उत्सवका लागि १ नम्वर प्रदेशले २ लाख, हलेसी तुवाचुङ नगरपालिकाले १ लाख, केपीलासगढी गाउँपालिकाले १ लाख आर्थिक सहयोग गरेको वडाध्यक्ष राईले बताए ।
किसानको साथीका रुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचील संरक्षणमा टेवा पु¥याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



