हेर्ने हो दिक्तेलमा कृत्रिम भूकम्प अभ्यास !
माघ १ मंगलवार, २०७५
खोटाङ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवशरमा खोटाङको दिक्तेलमा कृत्रिम भूकम्प अभ्यास देखाउने तयारी गरिएको छ । सर्वसाधारणलाई भूकम्पबाट बच्ने उपायका विषयमा जानकारी गराउनका लागि बुधबार २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवशरमा दिक्तेलको माटिकोरे खेलमैदानमा कृत्रिम घट्ना अभ्यास देखाउने तयारी गरिएको हो ।
भूकम्पको परिचय, भूकम्पले पु¥याउने क्षती तथा यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा सर्वसाधारणलाई जानकारी गराउने लक्ष्यकासाथ कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गर्न लागिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार बिहान ११ बजेपछि भूकम्प जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सम्बन्त्री कृत्रिम घट्ना अभ्यास गरेर देखाउने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।
रेडक्रस, जिल्ला अस्पताल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतसँगको सहकार्यमा विपद व्यवस्थापन समितिले भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको हो । सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



