आवधिक योजना बनाउँदै वराहपोखरी गाउँपालिका
माघ १ मंगलवार, २०७५
खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिकाले आवधिक गुरुयोजना निर्माणको काम थालेको छ । योजनावद्ध तरिकाले विकास निर्माणको काम अघि बढाउनका लागि गाउँपालिकाले आवधिक योजना निर्माणको काम थालेको हो ।
२० वर्षे भिजनसहितको ५ वर्षे आवधिक योजना निर्माणका लागि वराहपोखरी गाउँपालिकाले पुस २८ देखि ३० गतेसम्म गुरुयोजना तर्जुमा क्षेत्रगत योजना तर्जुमा कार्यशाला गरेको छ । सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, संस्थागत तथा सुशासन समिति, आर्थिक समिति र वातावरण तथा विपद व्यवस्थापन समितिले छनौट गरेर ल्याएका सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका योजनालाई अन्तिम रुप दिएर गुरुयोजना निर्माण गरिने वराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले बताए ।
सामाजिक विकासतर्फ वालकन्या मावि फाक्टाङमा स्नातक तहसम्मको पठन–पाठनको व्यवस्था गर्ने, साउनेचौंरमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने, हरेक वडामा नमूना विद्यालय सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको उपचारमा ५० प्रतिशत अनुदान र सुविधा प्रदान गर्ने लगायतका योजनालाई गुरुयोजनामा समेट्न प्रस्ताव गरिएको छ ।
यस्तै, आर्थिक समितितर्फ धान, मकै, गहुँ, कोपी, अदुवा, मुला, आलु, सुन्तला, आँप, कागती, लिची, कटहर, चिया लगायतको पकेट क्षेत्र विकास गर्ने, माछा पालनका लागि सबै वडामा पोखरी निर्माण गर्ने, तरकारी संकलन केन्द्र निर्माण गर्ने, उन्नत जातको वोका, राँगा खरिद तथा उन्नत घाँस खरिद गरेर व्यवसाय सञ्चालन गर्ने लगायतका योजनालाई गुरुयोजनामा समावेश गर्न प्रस्ताव गरिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



