आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पबाट जोगिन खोटाङमा कृत्रिम अभ्यास गरिदै
माघ २ बुधवार, २०७५
खोटाङ । विगत वर्षझैँ आज पनि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘नसोचेकै बेलामा आउँछ है भुइँचालो, पूर्वतयारीमा जुट्ने हामी सबैको पालो’ भन्ने नारासहित जनचेतनामुलक कार्यक्रम गरेर राष्ट्रिय भूकम्प सुरक्षा दिवस खोटाङमा पनि मनाइँदैछ । वि.सं. १९९० को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनिकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५६ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको हो ।
भूकम्पबाट जोगिन खोटाङमा कृत्रिम भूकम्प अभ्यास देखाउने तयारी गरिएको छ । सर्वसाधारणलाई भूकम्पबाट बच्ने उपायका विषयमा जानकारी गराउनका लागि आज (बुधबार) २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवशरमा दिक्तेलको माटिकोरे खेलमैदानमा कृत्रिम घट्ना अभ्यास देखाउने तयारी गरिएको हो ।
भूकम्पको परिचय, भूकम्पले पु¥याउने क्षती तथा यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बिषयमा सर्वसाधारणलाई जानकारी गराउने लक्ष्यकासाथ कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गर्न लागिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार बिहान ११ बजेपछि भूकम्प जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सम्बन्धी कृत्रिम घट्ना अभ्यास गरेर देखाउने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । रेडक्रस, जिल्ला अस्पताल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतसँगको सहकार्यमा विपद व्यवस्थापन समितिले भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेका हुन् । सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वमै ११ औ स्थानमा पर्दछ ।
माघ २ गते अब थोरै मानिसको मानसपटलमा मात्र विसं १९९० सालको महाभूकम्पको त्रासदीपूर्ण क्षणको स्मरण बाँकी होला । नेपाल, भारत र तिब्बतलाई असर पार्ने गरी गएको ८ रेक्टर स्केलको उक्त भूकम्पले त्यतिबेला करिब आठ हजार नेपालीको ज्यान लिएको इतिहास पाइन्छ ।
नेपाल हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केल सम्मका भूकम्प जाने गरेको भूगर्वविदहरूले बताउँदै आएका छन् ।
भूकम्पीय दृष्टिले अति जोखिमयुक्त क्षेत्रमा परेको नेपालमा भूकम्पको इतिहास हेर्ने हो भने सन् १२५५ देखिको इतिहास पाइन्छ ।
काठमाडौँलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पले दुई हजार दुई सयभन्दा बढीको ज्यान लिएको इतिहासमा उल्लेख छ । सन् १२६० मा गएको भूकम्पले एक सय र १३४४ मा गएको भूकम्पले करिब १ सय व्यक्तिको ज्यान लिएको इतिहासमा उल्लेख छ । ती दुई भूकम्प क्रम ७ दशमलब १ र ७ दशमलब ९ रेक्टरस्केलसम्मको थिए ।
त्यस्तै सन् १४०८, १५०५, १६८१, १७६७, १८३३, १८६९, १९१६ मा पनि विनासकारी भूकम्पले हजाराँै मानिसको ज्यान गएको पाइन्छ । १९३४ पछि पनि १९६६, १९८०, १९८८ मा नेपालमा ६ दशमलब ६ देखि ६ दशमलब ६ रेक्टर स्केलसम्मका भूकम्प गएको पाइन्छ ।
सन् २०११ मा सिक्किम क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको पूर्वी भूभागलाई क्षति पु¥याएको पाइन्छ । सन् २०१५ अप्रिल २५ अर्थात् वैशाख १२, २०७२ को भूकम्प र त्यसपछिका पराकम्पको प्रभाव अझै पनि नेपालले झेलिरहनु परेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



