सामुदायिक विद्यालयमा पारस्पारिक सिमा बाहिर प्राचार्य (प्रअ) अभिभावक र समुदाय
राजकुमार तामाङ
ज्ञानको विकास शिक्षाबाट मात्र सम्भव छ । शिक्षा ज्ञान सीप र अभिवृत्तिको समष्टिगत रुप हो । शिक्षा शब्दलाई विभिन्न अर्थमा प्रयोग गर्ने गरेको पाईन्छ । शिक्षालाई विद्मा, विद्धता, ज्ञान, दक्षता, क्षमता र सीप आदिको पयार्यको रुपमा लिइन्छ । वास्तवमा शिक्षा भनेको विद्मापार्जन अर्थात ज्ञान सीप सिक्ने र सिकाउने प्रक्रिया हो ।
देश काल परिवेश समय सन्दर्भ आवश्यकता अनुसार शिक्षा प्राप्त गर्ने र गराउने वा सिकाउने पद्धति,शिक्षालाई हेर्ने दृष्टिकोण समाजको विकासको गति, सामाजिक रुपान्तरण, विज्ञान प्रविधिको विकास, ज्ञानको विष्फोटन, शैक्षिक चिन्तनमा आएको परिवर्तन र प्रभाव आदि कारणले फरक हुदै गयो । जस अनुरुप अनियमित शिक्षा पद्धति हुदै विकास भएको शिक्षा प्रणाली अनौपचारिक हुदै औपचारिक पद्धतिमा रुपान्तरण हुन गयो । त्यहि अनुरुप आज विश्वमा चक्रिय पाठ्यक्रमको नमुना, तार्किक पाठ्यक्रमको नमुना र गतिशिल पाठ्यक्रमको नमुनालाई आधार मानी पाठ्यक्रम निर्माण, विकास र परिमार्जन हुने प्रतिस्पर्धा हरेक देशको औपचारिक शिक्षा प्रणालीमा बढ्दो क्रममा रहेको छ ।
जसको प्रभाव नेपालको औपचारिक शिक्षा प्रणालीमा पनि स्पष्ट देखिन्छ । किनकी पाँच वर्षको अन्तरालमा भन्दा पछिल्लो समय कम समयमा पाठ्क्रम विकास र परिमार्जन भएको पाइन्छ । जसमा राय, सल्लाह, सुमmाव संकलनदेखि कार्यान्वयन सम्म सात वटा चरणा पुरा गर्दा मात्र पाठ्यक्रम निर्माण प्रक्रिया पुरा हुने गर्दछ । जुन प्रक्रिया पुरा गरेर निरन्तर काम गर्न कम्तिमा पनी चार पाँच वर्षको समय लाग्छ । यसरी पाठ्यक्रम विकास, निर्माण र परिमार्जन गरी पाठ्यक्रमलाई नयाँ रुप दिएर नेपालको अर्थ व्यवस्थासँग मेलखाने, नेपाली परिवेश अनुकूल बनाउदा पनि शैक्षिक गूणस्तरका सवाल नेपालका सामुदायिक विद्यालयमा विगतका दिनदेखि नै उठन थालेको देखिन्छ ।
समाज वा राष्ट्रको आवश्यकता अभिभावकको अपेक्षा विद्यार्थीको रुची, चाहाना, क्षमता, सरोकारवालाहरुको आवश्यकता पुरा गर्न सक्ने, तोकिएको लक्ष्य तथा उद्देश्य पुरा गर्न सक्ने, विद्यार्थीको चौतर्फी विकास गर्ने र सामाजिक रुपान्तरणमा सफल हुने शिक्षालाई गूणस्तरीय शिक्षा भन्न सकिन्छ । जुन हामी सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुले दिन सकिराखेका छैनौ वा त्यो वातावरण तयार गर्न सकिराखेका छैनौ भन्ने गुनासो सञ्चारमाध्यममा र सामाजिक सञ्जालतिर व्यापक रुपमा उठने गरेको हामी सबैले स्वीकार नै पर्दछ र कमजोरीका पक्षहरु पत्ता लगाई योजनावद्ध रुपमा दीर्घकालिन समाधानको बाटो खोज्नु पर्दछ ।
वास्तवमा शिक्षा विकास उन्नति र परिवर्तनको संवाहक हो । त्यसैले देशको हावापानी, माटो, सँस्कृति र परिवेशलाई समेट्दै समयको परिवर्तन र समाजको आवश्यकता अनुसारको आफू अनूकुलको हावापानी माटो परिवेश वनाउन शिक्षाले सिकाउनु पर्दछ भने अति ग्रामिण दुर्गम क्षेत्रमा रहेका वालवलिकाहरुलाई गुणस्तरिय शिक्षा र पहुँचको सुनिश्चितता कायम गर्नुुपर्दछ । शिक्षामा आयका नविनतम धारणाहरु समता, समानता, अधिकारमा आधारित शिक्षा, सान्दार्भिकता र जीवन उपयोगी शिक्षा, स्थानीय ज्ञान, सिप र मूल्य मान्यताको प्रवद्र्धन, लगानी, प्रक्रिया, उत्पादन र प्रतिफलको अवस्थाको पुनराअवलोकन, समावेशिकरण, सामाजिक समाहीकरण, स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रियकरणको मिलन विन्दु, शान्ति र मानव अधिकारमा आधारित शिक्षा, सवैका लागि गुणस्तरिय शिक्षा, सचेतनाकरण, मुल प्रवाहिकरण र विश्व व्यापिकरणकोे पहिचान आदिलाई आत्मासाथ गर्दै आजको वर्तमान शिक्षा अगाडि वढ्नु पर्ने देखिन्छ । यसका लागि विद्यालयको शैक्षिक वातावरणलाई राम्रो वनाउन विद्यालयभित्रका जस्तै शिक्षक विद्यार्थी प्रध्यानाध्यापक आदि र बाहिरका विभिन्न व्यक्ति, संघ संस्थाहरुले विविध विषयमा चासो र चिन्ता लिनु निश्चय पनि आवश्यक छ ।
विद्यालय र समुदायको सम्वन्धले मात्र विद्यालयको वातावरणलाई शैक्षिक गतिविधि सञ्चालन गर्नु अनुकुल हुन सक्छ । विद्यालयको शैक्षिक वातावरण राम्रो नहुँदा विद्यालयको आर्थिक भौतिक शैक्षिक अवस्था र संस्थागत क्षमताको विकास गर्न सकिदैन । यसको समग्र असर भोलीको शैक्षिक प्रणालीमा पर्दछ । जसले गर्दा सामुदायिक सहभागिताको सुनिश्चितता गर्न नसकी विद्यालयप्रति समुदायको नकारात्मक दृष्टिकोण रहन जान्छ । जुन विगतका दशकदेखि स्पष्ट रुपमा घाम जतिकै छर्लङ रहेको हामी सबैमा अवगत नै छ ।
यसको दीर्घकालिन समाधानको मार्ग तय गर्नका लागि विद्यालयको चौतर्फि विकास गरि विद्यार्थी, शिक्षक, प्रध्यानाध्यापक, कर्मचारी प्रशासनको मनोवल उच्च राखी विद्यालयको शैक्षिक, व्यवस्थापकिय, आर्थिक, भौतिक, अतिरिक्त क्रियाकलापको पक्ष, सामुदायिक कार्यक्रम, विद्यालय योजना निर्माण र कार्यन्वयन विद्यार्थी भर्ना, प्रवेश परीक्षा, नियमित पठनपाठन, उपयुत्त शिक्षण क्रियाकलाप र निरन्तर विद्यार्थी मूल्याङ्कन आदि जस्ता शैक्षिक पक्ष, भौतिक पूर्वाधार, मानवीय स्रोत, कक्षाकोठा व्यवस्थापन प्रयोगशाला खेलमैदान आदि जस्ता भौतिक र व्यवस्थापकीय पक्ष, विद्यालयको चल अचल सम्पति चन्दा दान अनुदान भर्ना शुल्क, सहयोग शुल्क जस्ता आर्थिक पक्ष विद्यार्थीको शारिरीक, मानसिक, वौद्धिक विकास गर्न सञ्चालन गरिने अतिरिक्त क्रियाकलापको पक्ष, जनचेतनामूलक कार्यक्रम साक्षरता अभियान अभिभावक भेला गोष्ठी सेमिनार र भेटघाट जस्ता समुदायमूखी कार्यक्रमलाई योजनावद्ध ढङ्गले प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्दछ भने विद्यालयका वार्षिक कार्यतालिका वार्षिक कार्ययोजना,विद्यालय सुधार योजना गाउँ शिक्षा योजना जस्ता विद्यालयको योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्नु पर्दछ ।
यि माथि उल्लेखित कार्य गरिएमा शिक्षक विद्यार्थी, शिक्षक प्रधानाध्यापक, समुदाय र विद्यालय आदि निकायहरु बीच समुधुर सम्वन्ध कायम भएमा विद्यालयप्रतिको अपनत्व वढ्ने, शैक्षिक गुणस्तर, शिक्षण क्रियाकलाप जनसहभागिता जनसहयोग आदिको सुनिश्चितता हुने गर्दछ ।
जसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरि सामुदायिक विद्यालयप्रति अभिभावकको वितृष्ण घट्न गई सामुदायिक विद्यालय अभिभावकको रोजाइको विद्यालय बन्ने छ । विद्यालयको चौतर्फी विकास गरी विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, कर्मचारी, प्रशासकको मनोबल उच्च राख्न, भौतिक पूर्वाधार जुटाउन, शैक्षिक गतिविधिलाई सशक्त रुपले अगाडि बढाउन विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आदि जस्ता कार्यहरुको सम्वन्ध स्थापित गर्न प्राचार्य (प्रधानाध्यापक), शिक्षक, अभिभावक र समुदायबीच घनिष्ट सम्वन्ध स्थापित हुनु आवश्यक छ तर त्यस्तो वातावरण सामुदायिक विद्यालयमा कायम हुन नसकेकी प्राचार्य अभिभावक र समुदाय पारस्पारिक सीमा बाहिर रहेका अवस्था शिक्षा सम्वन्धी लामो समय अध्ययन अनुसन्धान गरेका शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई एउटा टेवलमा राखेर चिरफार गर्न सक्ने विज्ञहरुको टोलीले ठहर गरी शिक्षा सम्वन्धी सूमmाव प्रतिवेदनमा सामुदायिक विद्यालय सुधार गर्न र अभिभावकको रोजाइको विद्यालय बनाउन प्रधानाध्यापकको भूमिका प्रमुख रहेको र वि.ब्या.स., शि.अ.सं लगायत अन्य सरोकारवाला पक्षहरुको भूमिका गौण रहेको साथै प्रधानाध्यापको छुट्टै दरबन्दी सिर्जना गरी शिक्षा सेवा आयोगले नै परीक्षा लिएर सफल भएका व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिई थप सेवा सुविधा प्रदान गरेर कुसल प्रशासकको रुपमा प्रधानाध्यापकलाई पूर्ण अधिकार दिएर जिम्मेवारपूर्ण बनाउनु पर्दछ भन्ने सवाल जोडदार उठाएका छन् भने सेवा सुविधासहित पाँच बर्षमा अनिवार्य शिक्षकको सरुवा, माथिल्लो शैक्षिक योग्यता अभिवृद्धि, मास्टर डिग्रीमा विशिष्ट श्रेणीलाई एक महिनाको तालिम दिएपछि स्वत लाइसेन्स दिएर अस्थायी दरबन्दीमा नियुक्त गर्ने प्रावधान,स्थानिय सरकार मातहत भएका शिक्षाको अधिकार संघमा फिर्ता गर्नु पर्ने सूमmाव, श्रोत व्यक्तिहरुको आफ्नै साविक दरबन्दीमा काज फिर्ता, अनिवार्य तालिम, निजी विद्यालयसँगको सहकार्य र समन्वयमा निजी विद्यालयलाई नाफामूखी भन्दा पनि सेवामूखि बनाउने योजना, शिक्षकको स्थायित्व सेवा सुविधा, पेशागत विकास, शिक्षकमा एकरुपता र प्रशासनिक व्यवस्थापन, शिक्षा निरीक्षक, शिक्षा अधिकारी लगायत शिक्षा सम्वन्धी नीति निमार्णमा जाने बाटो खुल्ला गर्नुपर्ने, विद्यालयको योजना निमार्ण, श्रोत व्यवस्थापन, अनुगमन, सुपरीवेक्षण, आधारभूत तहको परीक्षा व्यवस्थापन स्थानीय पाठ्यक्रम निमार्ण आदि ।
विद्यालयको समन्वयमा स्थानीय सरकारले गर्नुपर्ने, विद्यमान विविध प्रकारका शिक्षक दरबन्दीहरुलाई खारेज गरी स्थायी र एकबर्षे आवधिक करारका मात्रै राख्ने व्यवस्था भौगोलिक विकट भएका स्थानमा आवासिय सुविधासहितको सरकारी स्तरबाट गुणस्तरीय र निःशूल्क प्राविधिक शिक्षालय र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कुनै प्रकारको शूल्क लिन नपाईने ,जस्ता सूमmाव उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएका छन् । जुन सामुदायिक विद्यालय सुधारका लागि सार्थक मात्र होइन भोलीको शैक्षिक मार्गदशक पनि बन्न सक्ने स्पष्ट देखिन्छ ।
जसका लागि अवको प्रधानाध्यापक सेवा सुविधा लिने, शक्तिनिहित निरीक्षण पद्धति अवलम्वन गर्ने र शिक्षक ,अभिभावक समुदायको परिसीमा भन्दा बाहिर रहने होइन विभिन्न शैक्षिक योजनाहरु ल्याएर एउटा कुशल प्रशासक, प्राज्ञिक सामाजिक एवम नेतृत्ववान व्यक्तित्व, शक्तिरहित निरीक्षण पद्धति अवलम्वन गरी विद्यालयमा टिमवर्क, हाडवर्क र नेटवर्कको वातावरण तयार गर्दै आफ्नो जिम्मेवारी पुरा गर्ने हुनुपर्दछ ।
जुन कार्यले प्रधानाध्यापकको शिक्षक अभिभावक र समुदाय सँगको सम्वन्धलाई समधुर बनाउछ भने सिकाइ उपलब्धि पनि सधै अब्वल हुन्छ । किनकी सिकाइ उपलब्धी सधै राम्रो र अब्वल ल्याउन वा राख्न र गुणस्तरीय शिक्षाको वातावरण तयार गर्न सिद्धान्तमा आधारीत प्रशासन र शक्तिनिहित निरीक्षण पद्धतिले होइन शैक्षिक योजना र कार्यान्वयनमा अवलम्वन गरिने कार्यसम्पादनको पारदर्शिताले हो र अन्तराष्ट्रिय अभ्यासले पनि यहि कुरालाई इंकित गरेको छ र विकसित देशको शिक्षा प्रणाली र शिक्षा प्रशासन सफल पनि भएको विभिन्न लेख रचनाहरु र विश्वविद्यालयमा पढेका शिक्षा सम्वन्धी कितावको ठेलीहरुबाट पनि हामी जानकार नै छौ ।
जसका लागि प्रधानाध्यापकको अबको बाटो
१. विद्यालयको भौतिक पूर्वाधारको पक्ष लगायत कक्षाकोठा व्यवस्थापन, प्रशासनिक, शैक्षिक व्यवस्थापन आदिलाई गुरु योजना बनाई लागूगर्ने वातावरण तयार गर्नुपर्दछ ।
२. शिक्षकको पेशागत सुरक्षाको सुनिश्चितता ।
३. शिक्षकको पेशागत विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन ।
४. कार्यसम्पादनमा आधारीत पुरस्कारको व्यवस्था ।
५. शिक्षकको कामको मान्यता र सम्मान ।
६. स्रोत साधनको अधिकतम मात्रमा परिचालन ।
७. योजनावद्ध सिकाईको वातावरण तयार ।
८. शिक्षाका सरोकारवाला पक्षहरु लगाएत विद्यालय परिवारमा समन्वयको वातावरण तयार ।
९ विद्यालयलाई सुरक्षित एवं बालमैत्री विद्यालय वनाउने वातावरण तयार ।
१०. विद्यार्थीहरुको अनुपातमा शिक्षकहरुको ब्यवस्थापन ।
११. बार्षिक कार्यतालिका र बार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन ।
१२. विद्यालयमा उपलब्ध स्रोत साधनको अधिकत्तम मात्रमा उपयोग गरी शैक्षिक गूणस्तरमा अभिवृद्धि ।
१३. विद्यालयको सिकाई उपलब्धीलाई सदैव अब्वल राख्न शिक्षक ब्यवस्थापन, विद्यार्थी ब्यवस्थापन , भौतिक व्यवस्थापन र शैक्षिक तथा प्रशासनिक ब्यवस्थापन ।
१४. विभिन्न संघ सस्थाहरुसगँ विद्यालयको हितको लागि सामmेदारी ।
१५. प्राविधिक तथा ब्यवसायिक शिक्षामा जोड ।
१६. विद्यालयलाई शान्तिक्षेत्रको रुपमा विकास ।
१७. सिकाइलाई विज्ञान र प्रविधिसंग जोडदै पेपर प्रिजेन्टेसनलाई भन्दा पावर प्रिजेन्टेसनमा जोड दिने वातावरण तयार ।
१८. शिक्षकहरुको प्राज्ञिक तथा पेशागत विकासका लागि विद्यालयले विभिन्न विद्यालयहरु सँग सहकार्य गरेर सम्वन्धित विषयमा विशेषज्ञता हासिल गरेका ख्यातिप्राप्त शिक्षाविद्धहरु बाट कम्तीमा बर्षको दुई पटक तालिम सञ्चालन गर्ने योजना निमार्ण ।
१९. शैक्षिक सुधारका लागि शिक्षकहरुलाई प्रोत्साहन गर्न विद्यालयले विभिन्न योजनाका कार्यक्रम ल्याउने र यसरी सिकाईमा सुधार नदेखिए कमजोरीका सूचकहरु पत्ता लगाई समाधानका लागि सिकाइका वैकल्पिक माध्यमहरुको खोजी गर्ने वातावरण तयार ।
२०. शैक्षिक गुणस्तर अभिवृद्दिका लागि श्रोत व्यक्ति, विद्यालय निरीक्षक, प्रधानाध्यापक आदिबाट आधुनिक निरिक्षणका सिद्दान्त मूल्य मान्यतामा आधारित रही निरीक्षण र अनुगमन गरी आवश्यक कार्ययोजना वनाई सुधारका लागि शिक्षकहरुको सहकार्यमा घटना अध्ययन गर्ने वातावरण निर्माण ।
२१. स्थायी, अस्थायी, करार, सट्टा, वालविकास र विद्यालय कर्मचारीहरुको स्थायित्व, सेवा सुविधा, पेशागत विकास, एकरुपता र प्रशासनिक व्यवस्थापन आदिलाई गुरु योजना निर्माण गरि प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने वातावरण निर्माण ।
२२. विद्यालयको भौगोलिक क्षेत्र वा सेवा क्षेत्र भित्रका टुहुरा, अलपत्र परेका र बेसाहारा, विशेष आवश्यकता भएका तथा अति विपन्नतामा परी विद्यालय जान नसकेका वा विद्यालय छोडेका बालवालिकाहरुलाई विद्यालयले छात्रवृत्ति वा विशेष व्यवस्था गरी वा निजका अभिभावक वा संरक्षकलाई सघाई वालवालिकालाई विद्यालयमा ल्याउन र विद्यार्थिलाई अपेक्षित शैक्षिक उपलव्धि हासिल हुने गरी सिकाउने र टिकाउने योजना निमार्ण ।
२३. विद्यार्थीको स्तर, रुची ,क्षमता, प्रतिभा,सिकाई शैली र गति अनुरुपको समावेशी तथा वालमैत्री सिकाईको वातावरण निर्माण ।
२४. विद्यार्थीहरुको सिकाईमा सुधार ल्याउनका लागि हरेक कक्षामा संचालन गरिने एकाईगत परीक्षा र महिना महिनामा सञ्चालन हुने महिनावारी परीक्षाका लागि आवश्यक पूर्वाधार निर्माण र सञ्चालनका लागि उपयूक्त वातावरण तयार गर्ने । एकाई परीक्षा र महिनावारी रुपमा सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र सुरक्षित रुपमा विद्यालय प्रशासनले राख्ने र परीक्षा संचालन गरे बापत शिक्षकहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्ने वातावरण तयार आदि ।
निष्र्कष : नेपालको सामुदायिक विद्यालय लगाएत समग्र शैक्षिक प्रशासनको विकासक्रमलाई हेर्दा सिद्धान्तमा आधारीत भएर प्रशासन सञ्चालन भएको स्पष्ट देखिन्छ । जुन नोकरशाही, शास्त्रीय र शिक्षण सिकाइमा नियन्त्रण गर्ने दुर सुपरिवेक्षण र जासुसी प्रवृतिको रहेको छ भने प्रशासकले पनि सहायक प्रमुखको रुपमा रहेर विद्यालयको सम्पूर्ण गतिविधिहरुलाई धुरीमा बसेर कोठा भित्रको अवलोकन गर्ने बाह्य अवलोकनको विधि प्रयोग गरेको स्पष्ट देखिन्छ । जसले सिकाई उपलब्धि सुधार त होइन मmन सिकाइ उपलब्धिलाई टप केस हुदै मार्जिनलमा पु¥याउँछ ।
अनि एक दिन हामी शिक्षकहरु विद्यार्थी खोज्दै र विद्यार्थी अडाउन दाता खोज्दै हिडनु पर्ने दिन अवको दशकमा आउने निश्चित छ भने हामी शिक्षकको मेहनत परिश्रम मरुभूमिमा पानी बोकेर धान रोपे जस्तो हुनेछ । जसका लागि आगमी आउने दिनमा शिक्षक सेवा आयोगबाट प्रधानाध्यापकको दरबन्दीमा आयोग खुलाएर स्वतन्त्र, निस्पक्ष, कुसल प्रशासक रुपमा प्रधानाध्यापक नियूक्ती गर्ने र जिम्मेवार बनाउने लगायतका माथि उल्लेखित कुराहरु कार्यान्वयन हुनुपर्दछ भन्ने उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा जोडदारका साथ उठाइएको छ ।
यो भोली गएर कार्यान्वयन भएको खण्डमा सामुदायिक विद्यालय सुधारको सारथी पनि बन्न सक्छ किनकी यसरी नियुक्त भएर आएको प्रधानाध्यापकले अरुको योजना, डिजाइन, कर कापमा र अरुले भनेको भरमा काम गर्नु पर्दैन र प्रधानाध्यापकको अरुलाई खुसी पार्न लाग्ने समय शैक्षिक योजना निमार्णमा र विद्यालय सुधारका सूचकहरुको खोजीमा तल्लिन हुने गर्दछन् ।जसले गर्दा यसै पेशामा गर्भ गर्ने हामी शिक्षकहरुको भविस्य पनि सुनौलो हुन्छ भने ग्रामिण क्षेत्रका कलिला वालवालिकाहरुले कुम्लो कुटुरो बोकेर पढन कै लागि सदरमुकाम र शहरका गल्ली गल्ली चिहार्नु पर्दैन । जसले विद्यालय प्रशासक यानकी प्रधानाध्यापक, शिक्षक अभिभावक र समुदाय बीचको सम्वन्धलाई सदिऔ सम्म स्मरणयोग्य बनाउछ । देशले लगानी अनुरुपको (प्रतिफल) जनसक्ति प्राप्त गर्ने अवसर पाउँछ भने हामीले पनि मेहनतको फल प्राप्त गर्ने अवसर पाउँछौ । (लेखक तामाङ सरस्वती मावि दिक्तेलका शिक्षक हुन ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



