जन्तेढुंगाका सरकारी कार्यालयमा ई–हाजिरी जडान
माघ २ बुधवार, २०७५
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका सरकारी कार्यालयमा ई–हाजिरी उपकरण जडान सुरु गरिएको छ । कर्मचारीको उपस्थितिलाई नियमित र व्यवस्थित गर्नका लागि गाउँपालिकाको कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, सबै वडा कार्यालय, स्वास्थ्यचौकी र २० विद्यालयमा ई–हाजिरी व्यवस्थाका लागि उपकरण जडानका काम सुरु गरिएको हो ।
प्रविधिको प्रयोग मार्फत कर्मचारीलाई सेवाप्रति थप जिम्मेवारी बनाउने लक्ष्यकासाथ ई–हाजिरीको व्यवस्था गर्न लागिएको जन्तेढुंगा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक विदुर राईले बताए ।
हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र र दिप्लुङ वडा कार्यालयमा ई–हाजिरी उपकरण जडान सम्पन्न भइसकेको छ । अन्य सरकारी कार्यालयमा पनि ई–हाजिरीका उपकरण जडानको काम भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ३६ विद्यालयमध्ये सोलार भएका २० विद्यालयमा मात्र ई–हाजिरीको व्यवस्था गर्न लागिएको सामाजिक विकास समिति संयोजक राईले बताए । आगामी माघ दोश्रो साताभित्र उपकरण जडान गरिसकेर ई–हाजिरी कार्यान्वयनमा ल्याउने गरी काम थालिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



