दिक्तेलमा कृत्रिम भूकम्पको अभ्यास
माघ २ बुधवार, २०७५
खोटाङ । गैरी गाउँका स्थानीय आ–आफ्नै काममा व्यस्त थिए । अचानक भूकम्प आउँदा गैरी गाउँका स्थानीयको जनजीवन एकाएक तहसनहस बन्न पुग्यो । कमजोर संरचनाका कारण केहीले ज्यान गुमाए, दर्जनौं घाईते भए । खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बुधबार देखिएको यो घट्ना यथार्थ भने होईन । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवशरमा कृत्रिम भूकम्प अभ्यासकाक्रममा देखाइएको दृश्य हो । भूकम्पको परिचय, भूकम्पले पु¥याउने क्षती तथा यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बिषयमा सर्वसाधारणलाई जानकारी गराउने लक्ष्यकासाथ दिक्तेलमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गरिएको हो ।

नक्कली भूकम्पमा गैरी गाउँ ध्वस्त हुँदा नजिकैको खोला गाउँ भने जोगिएको देखाइयो । कारण थियो खोला गाउँका भूकम्प प्रतिरोधी संरचना र जनचेतना । नक्कली भूकम्पमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मीको अभिनयले माटिकोरे खेलमैदानमा उपस्थित दर्शकको ताली पाएको थियो । भूकम्प गएपछिको उद्दार, राहत सामग्री वितरण, पुःर्नस्थापना लगायतका दृश्यले दर्शकको मन जितेको थियो । भूकम्प जोखिम न्यूनिकरणका लागि पूर्वतयारी सम्बन्धी कृत्रिम घट्ना अभ्यास देखाइएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।

भूकम्प सुरक्षा दिवसमा माटिकोरे खेलमैदानमा भूकम्पका बेला उपयोग हुने उद्धार सामग्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री प्रदर्शन गरिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रेडक्रस, जिल्ला अस्पताल लगायतसँगको सहकार्यमा बिपद व्यवस्थापन समितिले भूकम्प सुरक्षा दिवस मनाएको हो ।

नगरप्रमुख दिपनारायण रिजालले भूकम्पले नभै कमजोर संरचनाले मान्छे मार्ने भएकाले मजबुद संरचना बनाउनका लागि आग्रह गरे । सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।



KHOTANGTODAY ONLINE TV
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



