पानीको मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण

माघ ३ बिहिवार, २०७५
खोटाङ । पानीको मुहान संरक्षणका लागि खोटाङको केपीलासगढी गाउँपालिकाले ६ वटा रिचार्ज पोखरी निर्माण गरेको छ । जलवायु परिवर्तनको अशरका कारण पानीको मुहान सुक्दै जान थालेपछि केपीलासगढी गाउँपालिका–१ फेदीमा ५ वटा र केपीलासगढी गाउँपालिका–३ दिप्सुङमा १ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।
वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि आर्थिक वर्ष २०७४/०७५ मा बिनियोजित रकमबाट रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

पर्यायवरण संरक्षणका लागि फेदीमा प्रतिवटा २०/२० हजार र दिप्सुङमा ४० हजारको खर्चमा रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पानीको मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहानलाई सुक्नबाट जोगाउनकालागि रिचार्ज पोखरी उपयोगी हुने दाबी गरिएको छ ।