डा. केसीसँग भएका सहमती कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण
माघ ४ शुक्रवार, २०७५
खोटाङ । मानव अधिकार तथा शान्ति समाज खोटाङले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै सत्याग्रहमा वसेका डा. गोविन्द केसीसँग विगतमा भएका सहमती कार्यान्वयन गर्न सरकार समक्ष माग गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै मानव अधिकार तथा शान्ति समाजले डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण गराएको हो ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै गत पुस २५ गतेदेखि ईलाममा १६ औं पटक अनसन थालेका (बिहिबार राती काठ्माण्डौं लगिएका) डा. केसीको विग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाजले विगतमा डा केसीसँग भएका सहमती अक्षरस कार्यान्वयन गरेर सोही विषयमा फेरि सत्याग्रह र आन्दोलन गर्नुपर्ने परिस्थिति उत्पन्न हुन नदिन सरकारलाई आग्रह गरेको छ । एउटा सत्याग्रहीसँग बारम्बार गरिएका सहमती कार्यान्वयनमा उदासिनता देखिँदा आम जनमानसमा उत्पन्न हुने वितृष्णा र सरकारप्रति वढ्दो अविश्वासलाई मध्यनजर गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्रमा भनिएको छ ।
वर्तमान सरकारले डा. केसीका मागलाई स्वीकार गरी विगतका १५ औं अनसन टुंगिएको भए पनि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट उपरोक्त सहमती विपरित चिकित्सा शिक्षा विद्येयक पारित गरिनु दुर्भाग्यपूर्ण भएको मानव अधिकार तथा शान्ति समाज खोटाङका अध्यक्ष नारायणदास राईले बताए ।
यसैबीच, मानव अधिकार तथा शान्ति समाज खोटाङले वाईडबडी जहाज खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीको बर्खास्तीको माग गरेको छ । वाईडबडी जहाज खरिद प्रकरणमा व्यापक भ्रष्टाचार र अनियमितता भएको तथ्य प्रकाशमा आएको सन्दर्भमा मन्त्री अधिकारीले संसदीय समितिमै पटक–पटक झुठ बोलेको प्रमाणित भएको भन्दै समाजले लोकतान्त्रिक मूल्या र संसदीय मर्यादाका खातिर मन्त्री अधिकारीलाई पदबाट वर्खास्त गर्न माग सरकार समक्ष आग्रह गरेको हो । समाजले वाईडबडी जहाज खरिद प्रकरणमा संलग्न मूल पात्रहरुलाई कारबाही सुनिश्चित गर्न पनि माग गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



