हलेसी गुरुयोजनाको प्रारम्भिक खाकामाथि छलफल
माघ ५ शविवार, २०७५
खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसीको गुरुयोजनाको प्रारम्भिक खाकामाथि काठ्माण्डौंमा छलफल गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले तयार पारेको हलेसी गुरुयोजना सम्बन्धी प्रारम्भिक प्राविधिक, आर्थिक तथा सैद्धान्तिक पक्षमाथि शुक्रवार छलफल गरिएको हो ।
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिधार्मिक स्थलका रुपमा रहेको हलेसीको संमृद्धिका लागि बृहत्तर गुरुयोजनालाई मूर्त रुप दिन जिल्लाबाट निर्वाचित सांसद, विज्ञ, योजनाविद, राजनैतिक दलका नेता लगायतको सहभागीतामा छलफल गरिएको नगरप्रमुख इवन राईले बताए ।
हालसम्म तयार भएका गुरुयोजनाको मस्यौदा अध्ययन गर्दै थप सुझाव संकलन, विषयवस्तु थपघट एबं परिमार्जनका लागि नगरपालिकाले छलफल गरेको जनाएको छ ।‘आर्थिक संमृद्धिका लागि त्रिधार्मिक नगर, कृषि, पर्यटन र शिक्षा विकासको आधार’ भन्ने नारासहित हलेसी गुरुयोजना सम्वन्धी काठमाण्डौंमा भएको अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई, पूर्व सभाषद सरस्वती बजिमय, पूर्वसांसद टंक राई, अर्थविद हरि रोका, संस्कृतिविद रमेश ढुंगेल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमले प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संयोजकत्वमा गुरुयोजना निर्माण समिति गठन गरेको छ ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



