पर्यटकीयस्थलको प्रचार–प्रसारमा साईकल यात्राको तयारी

माघ ५ शनिवार, २०७५
खोटाङ । खोटाङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सघाउँ पु¥याउने उद्देश्यका साथ एक युवाले साईकल यात्राको तयारी गरेका छन् ।

प्रचुर सम्भावना बोकेको भए पनि ओझेलमा रहेका त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँ लगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले देशव्यापी साईकल यात्राको तयारी गरेका हुन् । देशव्यापी साईकल यात्राका लागि हाल जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन गरिरहेको श्रेष्ठले बताए ।

जन्तेढुंगा, धिप्लुङ झरना, इन्द्रेणीपोखरी, सोलढुंगा, भगवती मन्दिर, महुरेगढी, केपीलासगढी, सिंहदेवी, लौरेडाँडा, चिलिमढुंगा, बाहनेपोखरी, सिद्धेश्वर महादेवस्थान लगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसारका लागि श्रेष्ठले ७७ वटै जिल्लामा साईकल यात्रा गर्ने तयारी गरेका छन् ।

‘अहिले प्रचार–प्रसारमा लैजानुपर्ने खोटाङका धार्मिक तथा पर्यटकीयस्थलको विषयमा अध्ययन गरिरहेको छु,’ श्रेष्ठले भने, ‘सकेसम्म माघभित्रैबाट देशव्यापी साईकल यात्रा सुरु गर्ने सोच बनाएको छु ।’ आफ्नो देशव्यापी भ्रमण भ्रष्टाचार विरुद्ध समेत हुने श्रेष्ठले जनाए । उनका श्रीमती सहित दुई छोरा छन् ।