स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई थप एक हजार भत्ता
माघ ७ सोमवार, २०७५
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले स्थानीय वर्थिङ सेन्टरमा गएर बच्च जन्माउने सुत्केरीलाई थप एक हजार बढि यातायात खर्च दिने तयारी गरेको छ । स्वास्थ्य संस्थामा गएर सुरक्षित तरिकाले बालबच्चा जन्माउनका लागि प्रोत्साहित गर्न गाउँपालिकाले थप एक हजार बढाएर ३ हजार यातायात खर्च दिने निर्णय गरेको हो । स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने आमालाई राज्यले जनही २ हजार यातायात खर्च दिने गरेकामा गाउँपालिकाकातर्फबाट थप एक हजार थपेर यातायात खर्च दिने निर्णय भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक पवन पोखरेलले बताए ।
स्वास्थ्य संस्थामा बच्चा जन्माएकामा ३ हजार र नियमित चार पटक गर्भजाँच गराएकोमा ८ सय गरी गाउँपालिकाका सुत्केरी आमाले जनही ३ हजार ८ सय भत्ता पाउने भएका छन् । ‘जनही २ हजारका दरले यातायात खर्च पाउँदै आएका सुत्केरी आमाले गाउँपालिकाकातर्फवापत थप एक हजार पाउने व्यवस्था गरिएको छ,’ पोखरेलले भने, ‘बर्थिङ सेन्टरमा जो महिला बच्चा जन्माउन आउँछ, उहीँ महिलाबाट यातायात खर्चको कार्यान्वयन सुरु हुन्छ ।’
गाउँपालिकाले २ वर्षसम्म बच्चाको नियमित वृद्धि अनुगमनमा आउने अभिभावकलाई समेत वर्षमा एक पटक एक हजार यातायात खर्च दिने व्यवस्था मिलाएको छ । बच्चाको नियमित बृद्धि अनुगमनमा आउने बाबुआमालाई यातायात खर्च दिनका लागि गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरेको जनाएको छ । यस्तै, जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको सिक्किमटारमा बजेट व्यवस्था गरेर स्वास्थ्य इकाई सेवा सुरु गरिएको, गाउँपालिकाले गर्भावस्थाको जाँचका लागि गाउँ–गाउँमा जाने स्वास्थ्यकर्मीलाई ३० हजार रकम व्यवस्था गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
यसैबीच, जन्तेढसंगा गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा इ–हाजिरीको व्यवस्था गरिएको छ । गाउँपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र र ६ वटै वटामा रहेका स्वास्थ्यचौकीमा इ–हाजिरीको व्यवस्था गरिएको हो । स्वास्थ्य संस्थामा हुने कर्मचारीको हाजिरीलाई गाउँपालिकाकै केन्द्रबाट निगरानी गर्न मिल्नेगरी उपकरण जडान समेत गरिसकिएको संयोजक पोखरेलले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



