हिन्दुराष्ट्र स्थापनाको पक्षमा राप्रपाको घरदैलो
माघ ७ सोमवार, २०७५
खोटाङ । हिन्दुराष्ट्र स्थापनाको माग गर्दै राप्रपा खोटाङले घरदैलो अभियान चलाएको छ । सनातन धर्म कमजोर भए नेपालीको अस्तित्व नै मेटिने खतरा रहेको भन्दै राप्रपाले सोमबार दिक्तेलबजारमा हिन्दुराष्ट्र निर्माणका पक्षमा दवाव सिर्जना गर्न घरदैलो अभियान चलाएको हो ।
हिन्दु, बौद्ध र किरात धर्मको साझा स्वरुपका रुपमा रहेको सनातन धर्मलाई राज्यबाटै विस्थापित गरेर विदेसी धर्म र संस्कृति लाद्ने काम भएकाले घर–घरमा पुगेर हिन्दुराष्ट्र बनाउने अभियान सञ्चालन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष जीवन श्रेष्ठले बताए ।
दिक्तेलबजारको हुलाकडाँडा नजिक रहेको कार्यालयबाट हिँडेको राप्रपाको टोली त्रिबेणीचोक, हाटडाँडादेखि रत्नपार्कसम्ममा पुगेर हिन्दुराष्ट्र निर्माणका लागि पर्चा बाँड्दै घरदैलो अभियान चलाएका छन् । ‘सरकार स्वयं धर्म परिवर्तन गराउने कार्यलाई प्रोत्साहन र सहयोग दिइरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सनातन धर्म नेपालको नेपालको राष्ट्रिय पहिचान, एकताको आधार र समाज व्यवस्थाको आधारस्तम्भ हो भन्ने कुरा हामीले भुल्नु हुँदैन ।’
सनातन धर्मले हिन्दु, वौद्ध र किरात धर्मको साझा स्वरुप बुझाउने भएकाले सबै धर्मलाई बराबरी स्वतन्त्रता र समानता दिनुपर्ने धारणा रहेको राप्रपाले जनाएको छ । सरकारबाट सनातन धर्ममाथि भइरहेका आक्रमण नरोकिए सदियौंदेखि नेपाली समाजमा रहेको सद्भाव र एकता खलबलिने अध्यक्ष श्रेष्ठले दाबी गरे ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



