हलेसी साईनो स्टार–२०७५ को दोश्रो अडिसन शुरु
माघ ९ बुधवार, २०७५
खोटाङ । हलेसी साईनो स्टार–२०७५ को जिल्ला स्तरिय दोश्रो अडिसन शुरु भएको छ । जिल्लाका दश वटा स्थानीय तहका विभिन्न स्थानमा सञ्चालन गरिएको हलेसी साईनो स्टारको पालिका स्तरिय प्रथम अडिसनबाट छनौट भएका प्रतियोगीहरुका बीचमा बुधवारबाट खोटाङको दिक्तेलमा दोश्रो अडिसन शुरु भएको हो ।

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संवद्र्धन गर्दै गीत संगीतको व्यवसायिक विकासका लागि साईनो कला केन्द्र र हलेसी टाइम्स दैनिकको सहकार्यमा अडिसन सञ्चालन गरिएको साईनो कला केन्द्रका अध्यक्ष श्रेष्ठले बताए ।
जिल्लाका ११ स्थानमा सञ्चालन गरिएका पालिकास्तरिय प्रथम अडिसनबाट छानिएका ११८ जना प्रतियोगीलाई जिल्ला अडिसनमा प्रतिष्पर्धा गराउँदै हलेसी साईनो स्टारको टुंगो लगाइनेछ । प्रथम अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ७ चरणमा सञ्चालन हुने जिल्ला स्तरिय अडिसनमा प्रतिष्पर्धा गराएर उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाईनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने अध्यक्ष श्रेष्ठले जनाए ।
पालिका र जिल्लास्तर गरी ८ अडिसनमा सम्पन्न हुने गायन प्रतियोगीताको प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘अवशर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायिक रुपमा गीत संगीतमा लाग्ने वातावरण निर्माणका लागि हलेसी साईनो स्टारको परिकल्पना गरिएको हो ।’


KHOTANGTODAY ONLINE TV
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



