हलेसी साईनो स्टारमा ७२ प्रतियोगी छानिए
माघ १० विहिवार, २०७५
खोटाङ । खोटाङमा जारी हलेसी साईनो स्टार–२०७५ को दोश्रो अडिसन लागि ७२ प्रतियोगी छानिएका छन् । जिल्लाका १० वटै स्थानीय तहका ११ स्थानमा सञ्चालन गरिएका पालिका स्तरिय अडिसनबाट छानिएका ११८ प्रतियोगीबीचमा बुधबार र बिहिबार दिक्तेलमा सञ्चालन गरिएको जिल्ला स्तरिय प्रथम अडिसनबाट उनीहरु जिल्ला स्तरिय दोश्रो अडिसनका लागि छानिएका हुन् । हलेसी साईनो स्टारको तेश्रो अडिसन शुक्रबार र शनिबार दिक्तेलमै सञ्चालन गरिने आयोजक साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।
गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संवद्र्धन गर्दै गीत संगीतको व्यवसायीक बिकासका लागि साईनो कला केन्द्र र हलेसी टाइम्स दैनिकको सहकार्यमा गत पुस ९ गतेदेखि २८ गतेसम्म पालिका स्तरिय प्रथम अडिसन सञ्चालन गरिएको थियो । पालिका स्तरिय अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ७ चरणमा सञ्चालन हुने जिल्ला स्तरिय अडिसनमा प्रतिष्पर्धा गराएर उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाईनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने अध्यक्ष श्रेष्ठले जनाए ।
गायन प्रतियोगीता हलेसी साईनो स्टारमा प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।
यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँकासाथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘अवशर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायीकरुपमा गीत संगीतमा लाग्ने वाताबरण निर्माणका लागि हलेसी साईनो स्टारको परिकल्पना गरिएको हो ।’
KHOTANGTODAY ONLINE TV
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



