डा. केसीकन सत्य अर्जी
कृृष्णबहादुर बुढाथोकी
माघ ११ शुक्रवार, २०७५
डा. केसी संग्रामी अभिवादन । दीर्घायु र सुस्वास्थ्यको भल्चिौनी । मैले तपाईको खबर सुनेको छु । कहिले जुम्ला त कहिले इलाम पुगेर सत्याग्रह गर्नुहुन्छ रे । के तपाईलाई जीवनको माया छैन, मोजमस्ति र अकुत सम्पत्ति कमाउने रहर छैन । ठुलाठुला अस्पताल खोलेर जनताको रगत र पसिना जम्मा गर्ने र महान बन्ने सपना नदेख्ने तपाई कस्तो उल्लु मान्छे । चाहेमा तपाई मन्त्री बनेर झण्डावाला गाडीमा सान र रवाफका साथ सडक जाम गरेर हिड्न सक्नु हन्न र ? तर यति सुनौलो मौका चुकाएर अस्पतालको शथ्यामा लम्पसार परेर यी अभागी नेपाली जनताका लागि किन कष्ट उठाउनु भयो ? दुःख नमान्नुहोला तपाई आफ्नो स्वार्थ नजान्ने मूर्ख जस्तो लाग्यो ।
हामी नेपाली जनता अभागी हौं किनकि हाम्रो पुपुरोमा सुख भन्ने शव्द विधाताले कोर्न विर्सेको हो क्यारे । हामी सधैका डोके, पोके, कुल्ली, दरवान र भरिया मात्र बन्नुपर्ने विधाताको निर्देशन छ क्यारे । विधाताको आदेशलाई चुनौति दिएर हामीलाई भाग्यवान बनाउने सपना बोकेर तपाई घोर नारकीय जीवन जिउन विवश हुनुपरेको छ । म माफी माग्छु, हाम्रो दुभाग्यको सिकार तपाईं हुनुभएकोमा । तपाईले जनताको सेवा गर्न सत्तामा छिर्नुपर्छ, तोडफोड र हिंसा गर्नुपर्छ, नकि यी रोग, भोक, वेरोजगार र अशिक्षित जनताको पक्षमा लागेर कष्ट उठाउन नपरोस् ।
तपाईंको सत्यग्रहले धेरै जनाको निद हराम भएको छ रे । निकैको कालो धन्दामा धावा भयो रे । कमिशनको चोर दुलो थुनिदिने तपाईं जस्तो कृतघ्नीको मृत्युसँग सरकार डरायो र १५ औं सत्यग्रहको बेला जुम्लाबाट जबरजस्त उठाएर काठमाडौ खाल्डोमा ल्यायो सम्झौतामा चिप्ल्यायो भन्ने सुनेको थिएँ । तर आज सम्झौताको पालना नगरेर धोका दियो रे अनि तपाईं ईलाम पुगेर सत्याग्रहमा लागेको बेला नाइटभिजनमा कोचेर काठमाडौ पु¥याएको भन्ने सुनेको छु । आश्चर्य लाग्छ छोराको सास कि लास चाहियो भनेर गोरखा फुजेलका नन्द प्रसाद अधिकारी दम्पत्ति सरकारको नाकैमा रहेको वीर अस्पतालमा अनसनमा बसेकै बेला तीन वर्ष अघि नन्दप्रसादको ज्यान गयो । आजसम्म पनि अस्पतालमा लास कुहाएर राखिएको छ । अधिकारी पत्नी अझ पनि अनसनमा छिन् । न्याय नामको चरो उनीहरुका लागि चिर्विराएको छैन । छोराको लास वा सास खोज्न आएका बाबुको जीवन लासमा परिणत हुने यो देशमा तपाईको पनि हविगत यस्तै होला भन्ने सोचेको तर खै किन हो राज्यले यताउता डुलाएर मोलमोलाइ गर्न छाडेको छैन । कहिलेसम्म यो लुकामारी चल्ने हो समयले निर्धारण गर्ला ।
तपाई गलत बाटोमा हुनुहुन्छ रे, सरकारको लक्ष्यका विपरित माग राख्ने । तमाम युवाहरु विदेश पठाउने, राष्ट्रिय धनको एकतिहाई हिस्सा दश प्रतिशत जनताको हातमा सुम्पने, पैसावालाका हातमा शिक्षा र स्वास्थ्यको अधिकार दिने सरकारी लक्ष्य छ । तपाई. भन्नुहुन्छ “सस्तोमा मेडिकल शिक्षा पढ्न पाउनुपर्छ । शिक्षा र स्वास्थ्य नागरिकका मौलिक हक भित्र पर्ने हुनाले राज्यले लगानी गरी सर्वसुलभ बनाउनु पर्छ । दुर्गम गाउँमा पनि मेडिकल शिक्षाको प्रबन्ध हुनु पर्छ । नेपालका मेडिकल कलेजहरुको उचित प्रबन्ध गरी सर्वसाधारण जनता र महामयिम सबैको उपचार देशमा नै गर्ने प्रबन्ध हुनुपर्छ ।” केसी महोदय ! महामयिम र सर्वसाधारणको उपचार एकै ठाउँमा हुनसक्दैन किनकि उहाँहरुको अपमान हुन्छ । कहाँ गाउँका हली गोठाला, कहाँ देश चलाउने शासक । तसर्थ यस भुललाई सच्याएर सत्याग्रह तोड्नु हितकर छ ।
नेपाली जनताका लागि लखन थापादेखि गंगालालसम्म र त्यसपछि अनगिन्ति वीरविरङ्गनाले जोखिम उठाए, जीवन आहुति दिए । हामी कहिले प्रजाको दर्जा चढ्यौं, कहिले रैतीको रटान ग¥र्यां, अहिले जनताको जमातमा जन्म लिएका छौं तर भाग्य बदलिएन । भीम मल्लले अपमान सहेको देश,“बबन र रेशम”हरुले सम्मान पाएको देश, योगमायाहरुलाई अरुणमा हेलेको देश, कोत र नारायण हिटीमा रहस्यको रगत पोखेको देशमा तपाईंको क्रान्तिको मुल्य भेट्न मृगमरिचिका मात्र हुन्छ । तपाईले धेरै मानसिक, आर्थिक लगानी गरी मानव सेवामा लाग्नु भएको हो । अब नाम र दाम कमाउने समय आएको छ । ठुला ठुला मान पदवीहरु पाउने अवसर हात लागेको छ । सत्ताको शरणमा समर्पि भई “गोरखा दक्षिण बाहु,” “नेपाल तारा” “त्रिशक्ति पट्ट” जस्ता मान पदवी हात पार्न, सुनको अवैध खेती, निर्मलाहरुको बलात्कार, दुधे बालकको हत्या, राष्ट्रिय सम्पत्तिको अपचलन गर्न तयार हुनुहोस् । कहिल्यै सुखभोगको भाग्य नपाएका दुखिया नागरिकलाई सुविधा दिेने कुरा गरेर कष्ट नसहनोस् । हामी र हाम्रा सन्तानले फक्ल्याण्डमा लड्यौं, मलेसियाका जंगलमा मिलिसिया बन्यौं, आज पनि कार्गिलमा कालको कलरव सुन्दैछौं फगत भाडाका सिपाही भएर, विना मुल्य विकेर, आफु जिउन र यसमै रमाउन विवश छौं ।
गल्ती गर्नु भो, हामी गरिब हुँददा पनि थोरै मानिसले मेडिकल कलेज खोेलेर धेरै धन कमाउँथे । देशमा नराखे पनि विदेशी वैंकमा थमाउँथे । हामी गरिब भए पनि उनीहरु धनीमानीमा गनिन्थे र हाम्रो प्रति व्यक्ति आयको वृद्धि हुन्थ्यो । देश गरिब भए पनि व्यक्ति धनी हुन्थे । तमाम जनता रोग, भोक र शोकले ग्रस्त भए पनि सीमित मानिसहरुको जीवन विलासी भएको देख्न पाइन्थ्यो ।
सत्ता फेरिया,े सद्भाव फे।िएनछ, संविधान फेरियो, संस्कार फेरिएनछ, शासक फेरिए, प्रवृत्ति फेरिएनछ त्यसैले हामी सन्तुष्ट छौ, फक्ल्याण्ड र मलेसिया जान, कार्गिलमा कवाज खेल्न, कतार र साउदीमा बेचिन, कोरियामा खोरिया फाँड्न, विहान बेलुकाको छाक टार्न कतै करिया बस्न कतै भरिया हुन, अव्बल क्षमता र प्रतिभा भएपनि आर्थिक दरिद्रताको मारे उमेर बढाएर छोराछोरीलाई कामदार भिसामा विदेश पठाउन । राणकालमा गाउँका मुखियाको, राजतन्त्रमा छोटा राजाहरुको, प्रजातन्त्रमा बहुमतवालाको, लोकतन्त्रमा दण्डहीनताको शक्ति हावी हुने क्रम संस्कार बनेको छ । संस्कार बदल्न कठिन हुन्छ तसर्थ डाक्टर महोदय ! सत्यग्रह छोड्नुहोस्, एकलो वृहस्पति झुठो सावित हुन्छ । निर्जन जंगलमा मानव सहायता खोज्नु, मरुभुमिमा नदी खोज्नु र ………………मा न्याय खोज्नु असम्भव नै छ । अब उठ्नोस्, हावा जता चलेको छ त्यतै दौडनोस् । संस्कार यस्तै छ । ईति
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



