दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रहरीलाई निशुल्क जग्गा उपलव्ध
माघ ११ शुक्रवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका दुई जना समाजसेवीले जिल्ला प्रहरी कार्यालयलाई साढे ४ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् । दिप्रुङ चुइचुम्मा”५ का मानबहादुर खत्रीले ३ रोपनी र ज्ञानबहादुर राईले डेढ रोपनी जग्गा शुक्रवार जिल्ला मालपोत कार्यालयमा आएर प्रहरीका नाममा रजिष्ट्रेसन पास गरी दिएका हुन् ।
पालिकाको कार्यालय रहेको स्थानमा प्रहरी कार्यालय राख्ने सरकारको नीति अनुरुप गाउँपालिकाको पहलमा प्रहरीलाई जग्गा उपलव्ध गराएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए । जग्गा पास भएपछि जग्गाको धनीपूर्जा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार केसीलाई शुक्रवार नै गाउँपालिका अध्यक्ष राईले हस्तान्तरण गरेका छन् ।
पालिकाको केन्द्र रहेको स्थानमा बैंक तथा वित्तिय संस्था समेत रहने भएकाले सुरक्षाको दृष्टिकोणले प्रहरी कार्यालय आवश्यक रहेकोले प्रहरी कार्यालयको भवन निर्माणको लागि माथिल्लो निकायमा तत्काल पहल गर्ने प्रनाउ केसीले बताए । यसअघि गाउँपालिकाको नाममा १५ रोपनी जग्गा निशुल्क प्राप्त गरी भवन निर्माण भई सकेको गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



