हलेसी साईनो स्टारको जिल्ला स्तरिय तेश्रो अडिसन लागि ४३ प्रतियोगी छानिए

माघ १३ आइतवार, २०७५
खोटाङ । खोटाङमा जारी हलेसी साईनो स्टार–२०७५ को तेश्रो अडिसन लागि ४३ प्रतियोगी छानिएका छन् । दिक्तेलमा सञ्चालन गरिएको जिल्ला स्तरिय दोश्रो अडिसनबाट छानिएका ७४ जनाबाट उनीहरु तेश्रो अडिसनका लागि छानिएका हुन् । हलेसी साईनो स्टारको तेश्रो अडिसन माघ १९ र २० गते दिक्तेलमै सञ्चालन गरिने आयोजक साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

जिल्ला स्तरिय दोश्रो अडिसनबाट विनोद राई, पर्शुराम गजमेर, युवराज राई, पुस्कल राई, डिल्लीराज राई, विना राई, सुजन राई, बालकृष्ण राई, स्काइ भरत मगर, प्रदिप राई, एनिस एन्जल राई, विनोद भट्टराई, दिल लिम्बु, सुजन राई, सोम मगर, करिष्मा राई, रोजिना राई, लिला राई, विजय रम्तेल, कञ्चन राई, अजय राई, प्रनिसा विक, जगत नाछिरिङ, जेविना राई, जमुना राई, जोनहाङ राई रविन दियाली, नगेस राई, प्रमिला परियार, प्रदिप राई, संग्राम राई, विकास राई, प्रज्वन राई, धिरेण थुलुङ, सिजन राई, विक्रम राई, निसान राई, डोमा तामाङ, वेदना राई, दिल्साङ तामाङ, दिनेश राई, मेनुका राई र क्युमिला राई छनौट भएका छन् । तेश्रो अडिसनबाट २० छनौट गरेपछि भोटिङ सिष्टम लागू हुनेछ ।

जिल्ला स्तरीय दोश्रो अडिसनका लागि गायक तथा संगीत प्रशिक्षक मण्डल साङपाङ र गायक तथा संगीतकार पृथी जिम्बा तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संवद्र्धन गर्दै गीत संगीतको व्यवसायिक विकासका लागि साईनो कला केन्द्र र हलेसी टाइम्स दैनिकको सहकार्यमा गत पुस ९ गतेदेखि २८ गतेसम्म पालिका स्तरिय प्रथम अडिसन सञ्चालन गरिएको थियो । पालिका स्तरिय अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ७ चरणमा सञ्चालन हुने जिल्ला स्तरिय अडिसनमा प्रतिष्पर्धा गराएर उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाईनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने अध्यक्ष श्रेष्ठले जनाए ।

गायन प्रतियोगीता हलेसी साईनो स्टारमा प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँकासाथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘अवशर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायीकरुपमा गीत संगीतमा लाग्ने वाताबरण निर्माणका लागि हलेसी साईनो स्टारको परिकल्पना गरिएको हो ।’  जिल्लाका १० वटै स्थानीय तहका ११ स्थानमा सञ्चालन गरिएको पालिका स्तरिय अडिसनबाट ११८ प्रतियोगी छानिएका थिए ।