नायिका वर्षा पवनको भएपछि नायक पुष्पको यस्तो वियोग (भिडियोसहित)
माघ १३ आइतवार, २०७५
खोटाङ । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो ।
गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । निकेश खड्काको निर्देशन तथा बुद्ध थापाको छायाँकनमा निर्माण भएको उक्त भिडियोमा नायिका बर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराइको अभिनय रहेको छ ।
गीतको भिडियोमा आफ्नो प्रेमीकाको अर्को व्यक्तिसँग विवाह हुँदा प्रेमीको पीडालाई उतार्न खोजिएको छ । भर्जिन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । सुवल थापाको उत्पादन र विकास धमलाको सम्पादन रहेको गीतलाई भर्खरै ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यसअघि चार वटा एकल एल्बम सार्वजनिक गरिसकेका राईका ‘तिमीले माया लाउँदा सरकार ढल्छ भने ढलोस्’, ‘मुटुभित्र देउन मलाई बास’ लगायतका गीतहरु लोकप्रिय भैसकेका छन् । राईले अहिलेसम्म करिब तीन सय भन्दा माथि गीतहरुमा आवाज तथा संगीत भरिसकेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



