विद्यालयको पक्की भवन उद्घाटन
माघ १५ मंगलवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय आधारभूत विद्यालय लिलिमाको पक्की भवन उद्घाटन गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको ९ लाखको खर्चमा निर्माण गरिएको विद्यालयको पक्की भवन सोमबार गाउँपालिका प्रमुख भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०७४÷०७५ मा गाउँपालिकाले बिनियोजन गरेको १५ लाखमध्ये ९ लाखमा भवन निर्माणको काम पूरा गरिएको प्रअ दुर्गाप्रसाद गुरागाईले बताए ।
एक कोठे पक्की भवन निर्माण भएपछि विद्यालयको प्रशासन कक्षा नयाँ भवनमा सारिएको छ । खरिद गरिएको जग्गामा विद्यालयको पक्की भवन निर्माण गरिएको हो । २०१८ सालमा स्थापना भएको आधारभुत बिद्यालय हाल १४१ बिद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्या अधिक भए पनि ४ वटा प्रावि दरबन्दीका भरमा विद्यालय सञ्चालन भइरहेको प्रअ गुरागाईले बताए ।
भौतिक संरचनाको अभाव झेलिरहेको बिद्यालयको हाल जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा शाखाको ६३ लाखको लागतमा दुई तले चार कोठे भवन पनि निर्माणाधिन छ । भवन उद्घाटन कार्यक्रममा उपप्रमुख सपना राई, वडाध्यक्ष शम्शेरबहादुर कार्की, दलका स्थानीय नेता, अभिभाबक लगायतको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



