राणा र लोहनी राप्रपाको एकता हुँदै

काठमाडौं । पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकिकरण हुने भएको छ । १८ माघमा राजधानीमा एकता घोषणा गरिने राप्रपा प्रजातान्त्रिक स्रोतले जानकारी दिएको छ ।

एकता अन्तिम चरणमा पुगेको राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए । उनले भने, ‘हाम्रो एकता प्रक्रिया लगभग टुङ्गिएको छ ।’ कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेको हो ।