हलेसीमा एक महिने नायव सुव्वा पदको तयारी कक्षा शुरु
माघ १६ बुधवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नायव सुव्वा पदको परीक्षाका लागि एक महिने तयारी कक्षा मंगलवारदेखि शुरु भएको छ । आर्थिक अभावले शहर तथा राम्रा इन्ष्टिच्युटमा गएर लोकसेवा आयोगको तयारी गर्न नसकेका नगरवासीलाई हलेसी तुवाचुङ नगरपालिकाले लोकसेवा आयोगद्धारा लिईने नायव सुव्वा पदको परीक्षाका लागि तयारी कक्षा सुरु गरेको हो ।
नगरपालिकाको आर्थिक तथा चैतन्य इन्ष्टिच्युट काठमाण्डौको प्राविधिक सहयोगमा हलेसीस्थित महेन्द्रोदय माविको हलमा आयोजना गरिएको एक कार्यक्रमममा नगरप्रमुख इवन राई उपप्रमुख विमला राइले संयुक्त रुपमा लोकसेवा तयारी कक्षाको उद्घाटन गरेका हुन् । अन्य पालिकाको तुलनामा यस नगरमा निजामति क्षेत्रमा कम रहेकाले निजामति क्षेत्रमा प्रवेश गराउनका लागि उत्प्रेरणा जगाउने उद्देश्यले लोकसेवा आयोगले लिने तयारी कक्षा शुरु गरिएको नगरप्रमुख राईले बताए ।
दैनिक विहान ७ बजेदेखि ११ वजेसम्म सञ्चालन हुने तयारी कक्षामा ५० जनाभन्दा सहभागीता रहेको चैतन्य इन्ष्टिच्युटका प्रमुख प्रशासकीय अधिकृत गणेश जोशीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत जोशीका अनुसार विदाका दिन वाहेक प्रत्येक दिन ४ घण्टाको दरले पढाइ हुने तयारी कक्षामा पहिलो र दोश्रो पेपरको कोर्ष पढाइ हुनेछ ।
लोकसेवा तयारी गर्दा अपनाउनु पर्ने विधि, परीक्षामा सोध्न सक्ने सम्भावित प्रश्नहरु र पाठ्यक्रमका बारेमा जानकारी दिईने तयारी कक्षामा प्रदिप घिमिरेलगायतले अध्यापन गराउने बताइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



