खोटाङमा हिमपात, जनजीवन प्रभावित

खोटाङको दिक्तेल रुपाकोट मझुपागढी नगरपलिका ६ मुढेमा परेको हिउ ।

माघ १६ बुधवार, २०७५
खोटाङ । खोटाङमा भारी हिमपात भएकोे छ । जिल्लाको उच्च भूभागमा मंगलबार भारी मात्रामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ ।

जिल्लाका लेकाली भेगहरु मुढे, हुर्लुङ, नुनथला, गोपेनी, रुपाकोट, महुरे, ट्याम्के, नेर्पाको माथिल्लो भाग, खार्मी लगायतका स्थानमा बाक्लो हिउ परेको छ । हिमपात भएपछि किसानहरु भने हर्षित भएका छन् ।