रावाबेँसी गाउँपालिकमा प्रअलाई कम्प्यूटर तालिम
माघ १७ बिहिवार, २०७५
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले प्रअलाई कम्प्यूटर तालिम दिएको छ । गाउँपालिकाभित्रका उच्च मावि, मावि, आधारभूत र प्राविका प्रअलाई कम्प्यूटर सम्वन्धी आधारभुत सीप प्रदान गर्नका लागि कम्प्यूटर तालिम प्रदान गरिएको हो । विद्यालयको आइईएमआईएस सफ्टवेर अनुसार काम गर्न सक्षम बनाउनका लागि प्रअलाई १० दिनको कम्प्यूटर तालिमको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
पहिलो चरणमा माघ ३ गतेदेखि १२ गतेसम्म १५ विद्यालयका प्रअलाई कम्प्यूटर तालिम दिएको गाउँपालिकाले दोश्रो चरणमा माघ १३ गतेदेखि १४ प्रअलाई सहभागी गराएर कम्प्यूटर तालिम सञ्चालन गरिरहेको छ ।
सफ्टवेर अनुसार विद्यार्थी र शिक्षक ट्र्याकिङ, मार्कसिट, छात्रवृत्ति लगायतका कागजात र तथ्यांक अपडेट गर्ने सीप प्रदान गर्नका लागि प्रअलाई कम्प्यूटर तालिमको आयोजना गरिएको गाउँपालिकाका आईटी अफिसर प्रविण पोखरेलले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



