लाटोकोसेरो तथा हुचिल उत्सव शुक्रबारदेखि
माघ १७ बिहिवार, २०७५
खोटाङ । खोटाङको जालपामा शुक्रबारदेखि आठौं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु हुँदैछ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवशर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा जालपामा दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुन लागेका हो । उत्सवको सम्पूर्ण तयारी पूरा भएको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष विकास राईले वताए ।
लाटोकोसेरो तथा हुचिल उत्सवका लागि जालपामा लाटोकोसेरो तथा हुचिल स्तम्भ निर्माण, अस्थायी संग्रहालय निर्माण, मञ्च निर्माण, उत्सवस्थल पुग्ने सिँढी, विद्युत व्यवस्थापन, उत्सवस्थल पुग्नका लागि मध्यपहाडी लोकमार्गको हुर्लुङबाट जालपा पुग्ने सडक निर्माण, लोपोन्मुख बनेका साँस्कृतिक नृत्य, गीत, बाद्यबादन, लोपोन्मुख खेल प्रदर्शन लगायतका सम्पूर्ण तयारी पूरा भएको छ । लाटोकोसेरो तथा हुचिल उत्सवस्थलमा सहभागी आउनेक्रम सुरु भइसकेको छ ।
‘किसानको साथी’कारुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमीका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको हो । लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ । नेपालमा पाइने २३ प्रजातीका लाटोकोसेरोमध्ये ८ प्रजातीका दुर्लभ किसिमका छन् ।
जिल्ला तथा जिल्ला बाहिरका गरी करिब ५ हजारको सहभागीता रहने भनिएको उत्सवको पहिलो दिन लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी, चरा अवलोकन, प्रकृतिको तस्बिर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रो लगायतका स्थानीय लोपोन्मुख खेल प्रदर्शनी एबं प्रतियोगीता सञ्चालन गरिने छ । सोही दिन राती लाटोकोसेरोको महत्व दर्शाउने खालका स्लाईड तथा भिडियो प्रदर्शनी गरिने आयोजकले जनाएको छ । अवैध चोरीनिकासी, वन बिनास, विषादिको प्रयोग लगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।
‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित सञ्चालन हुने लाटोकोसेरो तथा हुचिल उत्सवको दोश्रो दिन वन बिज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नाच, स्थानीय तामाङको डम्फु र सेलो, शेर्पाको सेब्रु, राईको साकेला र मारुनी, हिन्दु महिलाको संगीनी नाच, गूरुङको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा, पीपीरी, यलम्बर, मादल, बाँसुरी लगायतका स्थानीय बाजा प्रदर्शनी लगायतका कार्यक्रम राखिएको छ ।
उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरो सम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो, त्रिभुवन बिश्वबिद्यालय अन्तरगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरा समेत प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ । उत्सवमा आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने व्यवस्था मिलाइएको छ ।
उत्सवको अन्तिम दिन तीन संरक्षणकर्मीलाई प्राकृतिक संरक्षण पुरस्कार तथा बन्यजन्तु अनुसन्धान र संरक्षणको काममा योगदान दिएका मिथिला वाईल्डलाईफ ट्रष्ट धनुषा र हिमालयन नेचर काठ्माण्डौंलाई सम्मान गर्ने कार्यक्रम छ । दुई स्थानीय संरक्षणकर्मीलाई समेत सम्मान गर्ने आयोजकले जनाएको छ । उत्सवका लागि बिभिन्न ११ उपसमिति गठन गरिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



