सरकारले सही बाटो र नीति लिएको छ : प्रधानमन्त्री ओली
माघ १८ शुक्रवार, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सांसदहरूसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सुझाव दिएका छन्।
पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदलाई सम्झाएका छन्। “पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर, अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ” ओलीले भने, “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन्।
त्यसपछि स्थानीयतहलाई निर्देशित गर्न पनि सजिलो हुन्छ।” ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने,सांसदहरूलाई विभिन्न विषयमा प्रशिक्षित गरिने बताएका छन्।
ओलीले मन्त्रीहरूलाई सांसदसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरेका छन्। “कतिपय अवस्थामा मन्त्रीहरू सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, ओलीले भने त्यसका लागि सांसदहरूमार्फत मन्त्रीहरूले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनतामा पठाउने हो।” ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



