खोटाङमा प्रधानमन्त्री ओेलीको पुत्ला दहन
माघ १८ शुक्रवार, २०७५
खोटाङ । नेपाल विद्यार्थी संघ खोटाङले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संघका कार्यकर्ताले शुक्रवार साँझ दिक्तेलको संगमपार्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघ खोटाङका सभापति राजकुमार बस्नेतले जानकारी दिए ।
ओली सरकारले दुई तिहाईको नाममा जनविरोधी काम गरेको, डा गोविन्द केसीसँग गरिएको सम्झौता विपरित स्वास्थ्य विधेयक पारित गरिएको, वाईडबडी विमान खरिद लगायतका भ्रष्टाचारीलाई संरक्षण गरेको, निर्मला पन्तको हत्यारालाई हालसम्म पक्राउ गर्न नसेकेको र वर्तमान सरकार पूर्णतया असफल भएको भन्दै पुत्ला दहन गरेको नेविसंघले जनाएको छ ।
दिक्तेलका चोकचोकमा व्यापक प्रहरी परिचालन गरेपनि नेविसंघले पुत्ला जलाउन सफल भएको छ । सरकारको विरुद्धमा नेपाल तरुण दल र नेविसंघ विहिवार दिक्तेलमा राँके जुलुस निकालेर चर्को शव्दमा सरकार बिरोधी नारा लगाएका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



