आठौं लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न
माघ १९ शनिवार, २०७५
खोटाङ । खोटाङको जालपामा जारी आठौं लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवशर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा जालपामा आयोजित दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव शनिबार सकिएको हो ।

लाटोकोसेरो सम्बन्धी जानकारी, प्रकृति संरक्षण पुरस्कार वितरण, लाटोकोसेरो संरक्षण सम्बन्धी पाँच बुँदे घोषणापत्र जारी लगायतका कार्यक्रम गर्दै उत्सव सम्पन्न भएको हो । जिल्ला तथा जिल्ला बाहिरका ५ हजार २ सयभन्दा बढि सर्वसाधारणले लाटोकोसेरो सम्बन्धी लघु संग्रहालय अवलोकन गरेको आयोजकले जनाएको छ ।
‘किसानको साथी’कारुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमीका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष विकास राईले बताए ।

लाटोकोसेरो तथा हुचिल उत्सवस्थलमा लाटोकोसेरो सम्बन्धी लघु संग्रहालय प्रदर्शनी, हुचिल स्तम्भ, लाटोकोसेरोको रोबोट, लाटोकोसेरो सम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो, प्रकृति तथा वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न अनुसन्धानकर्ताको प्रस्तुती, त्रिभुवन बिश्वबिद्यालय अन्तरगत प्राकृतिक विज्ञान संग्रहालयको लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरो लगायतको अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो ।

उत्सवमा नङ र अनुहारमा लाटोकोसेरोको चित्र पेन्टिङ गर्ने, आठ किसिमका लाटोकोसेरोको तस्बिर हेर्ने र आवाज सुन्ने लगायतको व्यवस्था थियो । अवैध चोरीनिकासी, वन बिनास, विषादिको प्रयोग लगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले वताए ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



