दिप्रुङ चुइचुम्मामा दुई दर्जन बढी कांग्रेसमा प्रवेश
माघ २० आइतवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपालगायत विभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा कार्य समिति वडा नम्बर–४ बतासेले आयोजना गरेको वडास्तरिय खुला पुरुष भलिवल प्रतियोगिता तथा बृहत सांगीतिक कार्यक्रमको अवशरमा विभिन्न पार्टी परित्याग गरि पालिकाभित्रका २७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–५ का नयाँ शक्ति पार्टीका वडाध्यक्षका उम्मेद्वार विमानन्द चाम्लिङ, नेकपाका युवा नेता पवन राई, नयाँ शक्ति पार्टीको भातृ संगठन शिक्षक महासंघका सदस्य सुनिल राई, सनिसा राई, वडा नम्बर–१ का कल्याण खत्री, मिलन गुरुङ, मिलन श्रेष्ठ, रमेश अधिकारी, वडा नम्बर–४ का वीरबहादुर राई, सम्झना जोगी, टंक बहादुर कट्वाल, पार्वता कट्वाल, फूलमाया जोगी, विरेन्द्र राई, निरसिं खत्री, कुमारी पाण्डे, रिता जोगी, अनियर राई, जन्मजय राई नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।
यस्तै, वडा नम्बर–६ का नेकपाका कार्यकर्ता सुरेश राई, आनन्दराज राई, विमन राई, गिमराज राई, सुदेश राई, रिजन राई, किशोर राई, नयाँ शक्ति पार्टीबाट वडा नम्बर–३ बाट सदस्यको उम्मेद्वार बनेका राजन परियार कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको आस्था र विचार मन परेको भन्दै पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका उनीहरुलाई कांग्रेस महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले अविर र माला लगाएर कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन ।
यस्तै, वडास्तरिय खुला पुरुष भलिवल प्रतियोगितातर्फ वडा नम्बर–३ छोरम्बु प्रथम भएको छ भने वडा नम्बर–१ याम्खा द्धितिय, वडा नम्बर–४ बतासे तृतिय र वडा नम्बर–५ स.छितापोखरी सान्तवना भएका छन् । प्रतियिोगितमा प्रथम हुनेले ३५ हजार, द्धितियले २१ हजार, तृतियले १४ हजार, र सावन्तना हुनेले ७ हजार नगदको साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बतासेस्थित जनता उच्च माविको प्राङ्गणमा दुई दिन भएको वडास्तरिय खुला पुरुष भलिवल प्रतियोगिता तथा बृहत सांगीतिक कार्यक्रममा गाउँपालिकाभित्र रहेका ७ वडाका ९ टिमले सहभागीता जनाएका थिए । यस्तै, नृत्यतर्फ याम्खा–१ की ममिता राई प्रथम भएकी छिन् । उनले नगद ५ हजार प्राप्त गरेकी छन् । विजयीहरुलाई गाउँपालिका प्रमुख राईले पुरस्कार प्रदान गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



