सरकारले गैरलोकतान्त्रिक चरित्र देखाएको भन्दै सरकार विरुद्ध सिट्ठी जुलुस
माघ २० आइतवार, २०७५
खोटाङ । सरकारले गैरलोकतान्त्रिक चरित्र देखाएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङले सिट्ठी जुलुस निकालेको छ । ‘सत्य आग्रह’लाई समेत सरकारले नसुनी माफिया र भ्रष्टाचारीको कुरा सुनेकाले लोकतान्त्रिक बन्नका लागि दवाव दिन भन्दै नेविसंघले आईतवार साँझ दिक्तेलमा सिट्ठी जुलुस निकालेको हो ।
विपी स्मृति भवनबाट सुरु भएको जुलुस रत्नपार्क, त्रिवेणीचोक, हाटडाँडा हुँदै फर्किएर त्रिवेणीचोक, टुंगिएको थियो । त्रिवेणीचोक, भएको कोणसभालाई नेविसंघका सभापति राजकुमार बस्नेतले सम्वोधन गरेका थिए । जनताको आवाजलाई सुन्न नसक्ने सरकारको कान खोल्नका लागि सिट्ठी जुलुस निकालिएको नेविसंघका सभापति बस्नेतले बताए ।
‘सरकारले तल्ला तहका जनताको आवाजलाई सुन्न चाहेको छैन, सरकार माफियाको कुरा मात्र सुन्न चाहन्छ,’ सभापति बस्नेतले भने, ‘कुरा गर्ने तर काम नगरी कुम्भकर्णजस्तो सुत्ने सरकारलाई व्यूँझाउन दवाव दिनु परेको हो ।’ सिट्ठी जुलुसमा नेविसंघका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



