जनसंवादकाक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराई खोटाङमा
माघ २० आइतवार, २०७५
खोटाङ ।‘अशल राजनीतिका लागि जनसंवाद’ गर्नेक्रममा पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराई खोटाङ आइपुगेका छन् । पहाडमै संमृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि पूर्वप्रधानमन्त्री भट्टराई मध्यपहाडी लोकमार्ग पछ्याउँदै आईतवार खोटाङ आइपुगेका हुन् ।
मध्यपहाडी लोकमार्गको पूर्वी प्वइन्ट चिवाभञ्ज्याङबाट जनसंवाद थालेका पूर्वप्रधानमन्त्री भट्टराई भोजपुर हुँदै खोटाङ प्रवेश गरेको नयाँ शक्ती खोटाङका इन्चार्ज सूर्य राईले वताए ।
मध्यपहाडी लोकमार्गको कामको गति र गुणस्तरका बारेमा अवलोकन गर्दै चखेवाभञ्ज्याङबाट खोटाङ प्रवेश गरेका भट्टराईले सेखुवा, पेलुङ, वानाचुङ र सन्सारीडाँडाका स्थानीयसँग संवाद गरेका छन् । दिक्तेल आउनेक्रममा अन्नपूर्ण मावि बुवालुङले पूर्वप्रधानमन्त्री भट्टराईलाई अभिनन्दन गरेको छ ।
आफू अर्थमन्त्री भएको वेला सुरु भएको र प्रधानमन्त्री भएको समयमा पूर्ण बजेट व्यवस्था गरेकाले भट्टराईले मध्यपहाडी लोकमार्गको गति र गुणस्तरका विषयमा चासो राखेर चिवाभञ्ज्याङदेखि वैतडीसम्मको यात्रा सुरु गरेको नयाँ शक्तिले जनाएको छ ।
‘पूर्वप्रधानमन्त्रीले मध्यपहाडीको कामको गति र गुणस्तरका विषयमा विज्ञ टोलीसहित चासोकासाथ निरीक्षण र अवलोकन गरिरहनु भएको छ,’ इन्चार्ज राईले भने, ‘मध्यहाडी लोकमार्गमार्फत पहाडको संमृद्धि कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा उहाँले जनतासँग संवाद गरिरहनु भएको छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



