विद्यार्थी नेता रिहा गर्न कांग्रेसको माग
माघ २२ मंगलवार, २०७५
काठमाडौँ ।नेपाली कांग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले मंगलबार एक विज्ञप्तिमार्फत आन्दोलनमा रहेका विद्यार्थी नेता पक्राउ गरिएको भन्दै घटनाको निन्दा गर्नाका साथै गिरफ्तार गरिएका सबै विद्यार्थी नेतालाई तुरुन्त रिहाइ गर्न आग्रह गरेको हो ।
मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महँगी, भ्रष्टाचारका अतिरिक्त संविधान, सङ्घीयता र संसदीय व्यवस्थाको मर्म र भावना विपरीत क्रियाकलाप बढेको भन्दै सङ्घले आन्दोलन गरिरहेको छ ।
यसै क्रममा पोखरामा भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो घटनाको विरोध गर्दै गिरफ्तार विद्यार्थी नेताको रिहाइको माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा आज गरिएको प्रदर्शनमा सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईलगायत विद्यार्थी नेता डम्बर सुनार, प्रेम शाही, शङ्कर खड्का, सरोज तिमिल्सिना, निराजन नेपाल, सञ्जीव ढकाल, रबिन केसी, सञ्जीव खड्का, सागर पाण्डे, हृदयराज मिश्र, सुनील सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी, सुरज सैजुवाल, अशोक सिंह विष्ट, अनुराग शाह, जेम सिंह राई र रोहित नेपाललाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै पोखरामा भएको आजको प्रदर्शनमा सङ्घका केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेतालाई पनि गिरफ्तार गरिएको कांग्रेसले जनाएको छ ।
विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद
नेपाली कांग्रेसले यही माघ २१ गते मुलुकभर गरेको विरोध प्रदर्शनमा स्वतस्फूर्त अपार जनसहभागिता भएको भन्दै प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिएको छ ।
कांग्रेसले आजै एक विज्ञप्तिमार्फत अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज पार्न भविष्यमा पनि अझ बढी सक्रियता हुने पार्टीले विश्वास व्यक्त गरेको छ ।
कांग्रेसले सत्ता पक्षले अलोकतान्त्रिक र असंसदीय क्रियाकलाप गरेको, मुलुकमा भ्रष्टाचार, महँगी, हत्या, हिंसा र बलात्कार बढेको, मित्र राष्ट्रसँगको नेपालको सन्तुलित परराष्ट्र नीति र समदुरी भावका विपरीत विवादास्पद अभिव्यक्ति दिएको, जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै खबरदारी गर्न भन्दै सोमबार ७७ जिल्लामा विरोध प्रदर्शन गरेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



