टुँडिखेलमा धुमधामका साथ मनाइयो सोनाम ल्होसार
माघ २२ मंगलवार, २०७५
काठमाडौं। तिब्बती भाषा अनुसार ‘ल्हो’ को अर्थ नयाँ र ‘सार’को अर्थ वर्ष हुन्छ। नेपालको बहुजातीय समाजमा तामाङ जातिले मनाउने लोसार नै सोनाम ल्होसार हो। नेपालको विभिन्न ठाउँमा फैलिएको तामाङ जातिको लागि यस दिनले विशेष महत्व राख्ने गर्दछ। ल्होसारको दिन बौद्ध चैत्यहरु घुमेर, घर वरपरका ठाउँहरू सरसफाइ गरेर र मिठामिठा परिकारहरू खाएर तामाङ जातिले मनाउने गर्दछन्। नेपालको पुरानो संस्कृति मध्ये एक तामाङ सेलोले पनि यस दिनमा विशेष महत्व राख्ने गर्दछ। विशेष गरी डम्फुको तालमा नाँचिने यस नाँचमा युवादेखि वृद्धवृद्धा आफ्नो पौराणिक पोशाकमा सजिएर नाँच्ने गर्दछन्।
तामाङ जातिले एक वर्षलाई १२ भागमा विभाजन गरेर हरेक वर्षलाई एउटा जनावरको नाम दिने गर्दछन्। पहाडी तथा हिमाली भेगमा भने पाको मान्छेले आफ्नो घरमा लामाहरु बोलाई पढाएर सबैलाई आफ्नो घरमा निम्ता दिन्छन्। जसमा सबै गाउँले जम्मा भई दुध, दही, क्षेमार र रक्सी देवी, देउतालाई चढाई सके पछाडी घरको पाको मान्छेले परिवारको सदस्यको दिर्घायु, लामो आयु, राम्रो बालीनाली र आफ्नो जीवजन्तुको रक्षाको कामना गर्दै प्रार्थना झण्डा राख्न ठाउँमा खाँदर चढाउने गर्दछन्। यस बेला उनीहरूले ‘की की सो पो ला गे लो’ भन्ने गर्दछन्।
सोनाम ल्होसारको दिन हरेक तामाङ समुदायले आफ्नो घरमा प्रार्थना झण्डा राख्नुपर्ने हुन्छ, यदि त्यस वर्ष कोही परिवारका सदस्यको मृत्यु भएको खण्डमा ‘महनी लुङदार’ राखेर लामालाई बोलाई पाठ गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुपर्ने हुन्छ।
काठमाडौंमा भएका तामाङ समुदायले भने यस दिन खुल्ला चौरमा गएर साथीभाई, इष्टमित्रसँग खुसी साटासाट गरेर मनाउने गर्दछन्। यो पर्वको अवसरमा प्रदेश नम्बर ३ प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ। राजधानीको टुँडिखेलमा यस वर्ष तामाङ समुदायले यो पर्व धुमधामका साथ मनाएका छन्। नागरिक न्युज अनलाइनबाट
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



