दुई पल्ट म्याद गुज्रिएको पुलको काम पुःन पछाडि धकेलियो
खोटाङ टुडे संवाददाता
साउन २९,
असार मसान्तभित्र पूरा गर्ने भनिएको खोटाङको साप्सु खोला पुल निर्माणको काम पछाडि धकेलिएको छ । ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) गत बैशाख ४ गते आएको बाढीले बगाउँदा सगरमाथा राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडक खण्डको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाई भएको साप्सु खोला पुलको काम पछाडि धकेलिएको हो । दोश्रोपल्ट थप भएको म्याद पनि २०७४ साल बैशाखमै गुज्रिएको पुलको काममा ढिलाई हुँदा जिल्लाबासी आक्रोशित छन् ।
निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीले आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तभित्रमा पुल निर्माणको काम पूरा गर्ने बताउँदै आएको भएपनि अझै करिब ३० प्रतिशत काम बाँकी रहेको छ । फर्मा र रड अड्याएर ढलान गर्न तथा तिनै ढलान नसुकेसम्म अड्याउनका लागि पुलमुनिबाट ठड्याइएको फलामे टेको बगाएपछि काम पछाडि धकेलिएको निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए । ‘वर्षाका कारण पुलको काम असार मसान्तभित्रमा पूरा गर्न सकेनौं,’ खत्रीले भने, ३० प्रतिशत काम सकिएको छ । अव आगामी कार्तिकमा पूरा गर्नेछौँ ।’
२०७१ सालमा सम्झौता भएको साप्सु पुल निर्माणको काम तोकिएको समयमा नभएपछि एक वर्षका लागि दोश्रोपल्ट थप भएको म्याद पनि २०७४ साल बैशाखमै सकिएको छ । तोकिएको मितिमा पुल निर्माणको काम नभएपछि २०७३ साल कार्तिकमा दोश्रो पटक पुलको म्याद थपिएको थियो । ६ करोडको लागतमा १८ महिनाभित्र पूरा गर्ने गरी सम्झौता भएको पुलको ढलान गत जेठ ८ गते गर्ने तयारी गरिएको थियो । तर, बाढीले बीच भागको टसल बगाएपछि राजापानीतर्फको २० मिटर र बतासेतर्फको २० मिटर खण्डमा मात्र ढलान गरिएको छ । पुलको बीच भागको २० मिटर खण्डमा ढलान गर्न बाँकी छ । बाढीले पुलको बीचको सम्पूर्ण ट्रस बगाएको छ । बाढीको क्षतीका कारण बीच भागको २० मिटर भाग बाँकी राखेर दुई किनारातर्फको २०/२० मिटर माग मात्र ढलान गरिएको खत्रीले बताए । साप्सु खोलाको पुल ढलानको तयारी भइरहेको समयमा बाढीले टसल बगाएको यो दोश्रो पल्ट हो । २०७४ साल बैशाख ६ गते आएको बाढीले पनि ढलानका लागि ठड्याइएको २४ वटामध्ये १२ वटा टसल बंग्याएको थियो ।
पुल निर्माणमा ढिलाई हुँदा ठेकेदारको आलोचना
सुरुको सम्झौता अवधिमा साप्सु खोला पुलको काम नहुँदा दोश्रो पल्ट थपिएको म्यादभित्र पनि पुल निर्माणको काम नहुँदा स्थानीय आक्रोशित छन् । तोकिएको मितिमा पुल निर्माणको काम नहुँदा जिल्लामा ठेकेदारको चर्को आलोचना भइरहेको छ । समयमा पुल निर्माण नहुँदा वर्षा याममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गको रुपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै बिरुद्ध आवाज उठ्ने गरेपनि पुल निर्माणको गति सन्तोषजनक हुन सकेको छैन । पुल निर्माणको काममा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती देखिएको स्थानीयको गुनासो छ । पुल निर्माण नहुँदा हिँउदभर सञ्चालन हुने दिक्तेल–रसुवाघाट सडक वर्षा लागेसँगै बन्द हुने गरेको छ । पुल निर्माणमा ढिलासुस्ती गरेका कारण ठेकेदारले पेनाल्टी तिर्दै आएको बताइएको छ ।
ठेकेदारले नियतबस पुल निर्माणमा ढिलाइ गरिरहेको राजापानीका स्थानीय पुण्य रेग्मीले बताए । रेग्मीका अनुसार हरेक वर्ष ठेकेदारले वर्षा लागेपछि मात्र पुलको काम गर्ने गरेकाले बाढीले क्षती पु¥याउने गरेको छ । ‘ठेकेदार हिउँदभरी चुप लागेर बस्छ, अनि वर्षा सुरु भएपछि पुलको काम थाल्छ,’ रेग्मीले भने, ‘अनि बाढीले पुल बगायो भनेर हामीले सर्जमिन मुचुल्का गर्नुपर्छ ।’ हरेक वर्ष बाढीले क्षती पु¥याएको भन्दै मुचुल्का गर्दा–गर्दा हैरान बनाएको स्थानीय बताउँछन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



