म्याद गुज्रेको ८ महिनामा एउटा पिलर
खोटाङ टुडे संवाददाता
साउन २९,
म्याद नाघेको ८ महिनापछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको एउटा पिलर तयार भएको छ । १८ महिनाभित्र पूरा गर्ने गरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल बैशाखमा जिम्मा लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको बल्ल एकातर्फको पिलर उठाउने काम पूरा गरेको हो । २०७४ साल कार्तिकमै म्याद सकिएको पुलको लफ्याङतर्फको १२ मिटर उचाई भएको पिलर ठड्याउने काम पूरा भएको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताए । ‘बल्ल–बल्ल लफ्याङतर्फको पिलर पुरा गरेको छ,’ गाउँपालिका प्रमुख खड्काले भने, ‘वर्षा लागेपछि पुलको अन्य काम अघि बढेको देखिएको छैन ।’
नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको २ करोड ३० लाख ३६ हजारको लागतमा पूरा गर्नेगरी ठेक्का लागेको पुल अलपत्र परेको लामो समयपछि ठेकेदारले गत जेठ २ गतेयता पिलर ठड्याउने काम थालेको थियो । लफ्याङतर्फ पुलका लागि जग ढलान गरेपछि ठेकेदारले काम ठप्प बनाएको थियो । वर्षा लागे पनि पुलको कामलाई निरन्तरता दिइने ठेकेदार कम्पनीका प्रतिनिधि विराज आचार्यले बताए । पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले कामचोर ठेकेदारको सूचीमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको नाम पनि समावेश गरेर गृहमन्त्रालय पठाएको छ । काम चोर निर्माण कम्पनीका रुपमा गृहमन्त्रालयमा नाम सिफारिस भएपछि ठेकेदारलाई काम गर्न वाध्यत्मक परिस्थिति सिर्जना गरेको जनाइएको छ । ‘वर्षा भएपनि हामी पुलको कामलाई निरन्तरता दिन्छौँ,’ आचार्यले भने, ‘पन्ध्र दिनपछि मात्तिमतर्फको पिलरका लागि फाउण्डेसन खन्ने काम सुरु गर्छौँ ।’
२०७३ मंसिर २२ गते तत्कालिन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले पुल शिलान्यास गरेका थिए । पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम पोखरेलले ७ महिनामै पुल निर्माणको काम पूरा गर्ने बताएका थिए । तर, म्याद गुज्रिदा समेत पुल निर्माणको काम सन्तोषजनक हुन नसकेको भन्दै ठेकेदारको आलोचना हुने गरेको छ । पुल निर्माणको काम अलपत्र पारेको भन्दै सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको विरोध हुने गरेको छ । तत्कालिन जिविस र प्राविधिक कार्यालयले खबरदारी नगर्दा समेत ठेकेदारले पुल निर्माणको काममा ढिलाई गरेको गाउँपालिका प्रमुख खड्काले बताए ।
पुल नहुँदा सडकलाई अशर
खोटाङको संमृद्धिसँग जोडिएको पुल सम्झौता मितिमा निर्माण नहुँदा दिक्तेल–खोटाङबजार सडक उपयोगमा कठिनाई भइरहेको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोग बिहिन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने सो पुल जिल्लाको गौरबको योजना हो ।
बाटोमा पर्ने साप्सु खोलामा पक्की पुल नहुँदा साकेला गाउँपालिकामा बैंक स्थापना गर्न कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयनसँगै साकेला गाउँपालिकामा एसबीआई बैंकको शाखा कार्यालय स्थापना गर्ने भनिए पनि पुल अभावमा ढिलाई भएको प्रमुख खड्काले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



